बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

बाजुरा - बाजुरामा भूकम्पको धक्का गएको छ । बाजुरालाई केन्द्रविन्दु बनाएर ४ रेक्टर को कम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा कम्पन भएको हो । यसअघि बाजुरामा ४ रेक्टर भन्दा ठूला भूकम्पका धक्का गइरहेका थिए ।

केही समयअघि सुदूरपश्चिमकै बझाङमा ६ दशमलव ३ रेक्टर स्केलकाे भूकम्प गएको थियो भने यही कात्तिक १७ गते राति जाजरकोटमा ६ दशमलव ४ रेक्टर स्केलकाे भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको छ ।

प्रतिक्रिया