राष्ट्रपतिद्वारा भूकम्प प्रभावित क्षेत्रको अवलोकन

राष्ट्रपतिद्वारा भूकम्प प्रभावित क्षेत्रको अवलोकन
सुन्नुहोस्

जाजरकाेट - राष्ट्रपति रामचन्‍द्र पौडेलले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ । भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेर मंगलबार राष्ट्रपति पौडेलले जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने जनतालाई अनुभूति हुने गरी काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको हो । 

उहाँले भूकम्प पीडितका लागि तत्काल खाद्यन्न, लत्ताकपडा, भाँडाकुडा, त्रिपाल लगायतको व्यवस्था हुनुपर्ने बताउनुभयो । दीर्घकालीन रूपमा भने बसोबास गर्ने उपयुक्त ठाउँ पहिचान गरी घरहरू बनाउनुपर्ने उहाँको भनाई छ । ‘तपाईंहरुको साथमा सरकार छ चिन्ता नगर्नुस्,’ राष्ट्रपति पौडेलले भूकम्पपीडितहरूसँग कुराकानी गर्दै भन्नुभयो । 

राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभयो । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माण सहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेको थिए । आवश्यक बासोबास, खाद्यन्न लगायत सबै कुराको प्रवन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने राष्ट्रपतिले भूकम्प पीडितहरुलाई आश्वस्त पार्नुभएको थियो । 

प्रतिक्रिया