एकीकृत समाजवादीका सचिवालय सदस्य माओवादी प्रवेश

एकीकृत समाजवादीका सचिवालय सदस्य माओवादी प्रवेश

दैलेख  नेकपा एकीकृत समाजवादी पार्टी दैलेखका जिल्ला सचिवालय सदस्य उपेन्द्र शाही आज नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले आज सुर्खेतमा खादा ओढाउँदै पार्टीमा स्वागत गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादीका प्रदेश कमिटि अध्यक्ष विमला केसीको समेत सहभागिता रहेको थियो ।

‘अहिलेको व्यवस्था ल्याउनुमा नेकपा माओवादीको मुख्य हात रहेको हो । अन्य दलहरुले यो व्यवस्थामा टेकेर राजनीतिक लाभ लिइरहेका पाइयो ।’ शाहीले भन्नुभयो, ‘अरुबाट देशको रुपान्तरण र समाजवाद उन्मुख राज्य व्यवस्था बन्न नसक्ने निष्कर्षका साथ म आज नेपाली जनताको प्यारो पार्टी माओवादीमा समाहित भएको हो ।’

‘यो सरकारले जनपक्षीय कामहरु गर्दै गइरहेको छ । सुनकाण्डादेखि विभिन्न भ्रष्टाचारका फाईलहरु खोल्नेदेखि संघीयतालाई कार्यान्वयन गर्ने सवालमा पार्टी अघि बढिरहेको छ ।’ उहाँले भन्नुभयो ‘पार्टीको उक्त गतिलाई थप मलजल गर्न र जनचाहना अनुसार भएको परिवर्तनलाई थप मजवुत बनाउन म माओवादीमा लागेको हुँ ।’

माओवादी केन्द्रका इन्चार्ज यादवले माओवादी नेतृत्वको सरकारले माओवादी नेपालको हितमा, जनताको पक्षमा काम गर्ने पार्टी नेकपा माओवादी केन्द्र भएका कारण अहिले हाम्रो पार्टीप्रति जनताको लगाव बढदै गएको भन्नुभयो । माओवादीको नेतृत्वले जनताको आकर्षणलाई सम्मान गरेको बताउनुभयो । 

प्रतिक्रिया