भूकम्प प्रभावित क्षेत्रमा बालमैत्री स्नेही कक्ष

भूकम्प प्रभावित क्षेत्रमा बालमैत्री स्नेही कक्ष
सुन्नुहोस्

रुकुम - भूकम्प प्रभावित क्षेत्र रूकुमपश्चिमको २ पालिकामा प्रभावित बालबालिकालाहरुलाई मनोसामाजिक सहयोगका लागि सोसेक नेपालले बालमैत्री स्नेही कक्ष निर्माण गरेको छ । रूकुमपश्चिम आठविसकोट नगरपालिकाका १४ वडालाई पायक पर्ने गरी २ वटा र सानीभेरी गाउँपालिकाका ४ वडाको केन्द्र पर्ने गरी ३ वटा बालमैत्री स्नेही कक्ष निर्माण गरेको गर्लस म्याटर परियोजनाका कार्यक्रम अधिकृत अर्जुन शाहीले जानकारी दिनुभयो । 

गत शुक्रबार गएको भूकम्पमा परी अभिभावक गुमाएका, परिजन घाइते भई तनाव झेलिरहेका, भूकम्पको बेला आफैलाई चोट पटक लागेका वा भूकम्पले निम्त्याएका समस्याहरुसंग जुधिरहेका बालबालिकाहरुलाई पींडा कम गर्न मनोबिमर्श, मनोसामाजिक सहयोगका अलवा त्यस्ता प्रभावित बालबालिकालाई विपदबाट सजगता, वैकल्पिक र खेलेर रमाउदै पींडा कम गराउन बालमैत्री स्नेही कक्ष तयार गरिएको बताइएको छ । 

यूनिसेफ तथा प्रोटेक्सन कलष्टरको साझेदारीमा आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकासंगको समन्वयमा सोसेक नेपालले बालमैत्री स्नेही कक्ष भूकम्प प्रभावित बालबालिकाहरुका लागि मात्र तयार पारिएको छ । प्रभावित बालबालिकाले उक्त सेवा लिंदा उनीहरुको सुरक्षा र आत्मसम्मानको कदर हुने प्रवन्ध गरिएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बताउनुभयो । 

प्रतिक्रिया