मुगुमा पारिवारिक हत्या : व्यक्तिगत रिसिबी

मुगुमा पारिवारिक हत्या : व्यक्तिगत रिसिबी

मुगु – छायाँनाथ रारा नगरपालिका–६ को मन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ । कर्णाली प्रदेश प्रहरी इञ्चार्ज डीआईजी मीमप्रसाद ढकालको उस्थितिमा शुक्रवार पत्रकार सम्मेलन गरेर मुगु प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो ।

छायाँनाथ रारा–७ पिना घर भई अहिले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने गोर्खराज शाही छायाँनाथ–६ मन्दुका गोपालबहादुर बोहोरा पक्राउ परेका छन् । हत्याको मुख्य योजनाकार गोपालले गोर्खराजलाई भेटेर मृतकसँग १०-१२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेका र त्यहीअनुसार घटना भएको पाइएको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान् दीपक बोहरालाई गोपालले कतारमा रहेको कम्पनीमा आफूलाई भिसा पठाइदिन आग्रह गरेकोमा दीपकले अस्वीकार गरेको रिसइबीका कारण परिवारको हत्या गरेको अनुसन्धानमा खुलेको कर्णाली प्रदेश प्रहरी इञ्चार्ज डीआईजी ढकालले व्याख्या गर्नुभयो । 

यही कात्तिक ८ गते घरमै २६ वर्षकी श्रीदेवी बोहरा र उहाँका ११ वर्षीय छोरा मनोज‚ छ महिनाका छोरा रहर र सात वर्षकी छोरी अप्सराको शव भेटिएको थियो । परिवारका सबैकाे हत्या गरेकाे फाेटाे र भिडियाे कतारमा रहेका दीपकलाई पठाई फरार रहेका  आरोपितहरूकाे खाेजीमा सीआई र कर्णाली प्र्देश प्रहरी कार्यालयकाे टाेलीले भण्डै तीन महिनाकाे प्रयासपछि सम्भव भएकाे थियाे ।  

प्रतिक्रिया