ठाटीकाँधद्धारा असिना पीडितलाई प्रतिपरिवार १/१ बोरा चामल बितरण

ठाटीकाँधद्धारा असिना पीडितलाई प्रतिपरिवार १/१ बोरा चामल बितरण

दैलेख –   दैलेखको ठाटिकाँध गाउँपालिकामा असिना पीडितलाई गाउँपालिकाले खाद्यन्न बितरण गरेको छ ।

गाउँपालिकाको वडा नं ३ र ४ मा असिना पानिले सबै किसानको खेतबारीमा लगाएको अन्न बालि नष्ट गरेपछि स्थानिय सरकारले साढे चार सय बढी असिना पिडित परिवारहरूलाई राहत वितरण गरेको गाउँपालिकाकाले जनाएको छ  ।

गाउँपालिका अध्यक्ष गाउँपालिका उपाध्यक्ष वडाका जनप्रतिनिधि वडा स्थित सम्पुर्ण राजनीतिक दलको उपस्थितिमा साढे चार सय असिना पीडित घरपरिवारलाई प्रतिपरिवार १/१ बोरा चामल बितरण गरिएको ठाटिकाँध गाउँपालिकाका कार्यक्रम संयोजक भुपेन्द्र बहादुर शाहीले बताउनुभयो  ।

प्रतिक्रिया