किसानलाई माैरी सहितकाे घार विरतण

किसानलाई माैरी सहितकाे घार विरतण

दैलेख –  अछामको तुर्माखाँद गाउँपालिकामा मौरी सहितको घार बितरण गरिएको छ । तुर्माखाँद गाउँपालिका –१ रहफमा डीसीय नेपालको साझेदारी सोसेक नेपालद्धारा संचालित ग्रीन कर्णाली परियोजना अन्तरगत मौरी सहितको घार वितरण गरिएको हो । वडाअध्यक्ष उपेन्द्रबहादुर रावलको अध्यक्ष्यतामा उक्त सामाग्री वितरण गरिएको थियो । 

सेरा मौरी पालन कृषक समुहका १० जना कृषकहरुलाई तीन-तीन वटा मौरी सहितको आधुनिक घार र चार-चार वटा गरी ७० वटा घार  वितरण गरिएकाे छ ।

शान्ति भैरव कृषक समूहका १० जना कृषकहरुलाई प्लाष्टिक घर, सरल थोपा सिंचाई, ड्रम, हजारी, गौरब टमाटरको बिउ, बितरण गरिएको छ । 

माछालोट बहुउद्देश्यीय कृषि तथा पशुपन्छि पालन कृषक समुहका १७ जना प्रत्येक कृषकलाई ११ वटा गरि प्लाष्टिक घर हजारी, सरल थोपा सिचाइ, ड्रम, गौरब टमटर, पहेँलो पासो गरी अन्य सामाग्री बितरण गरिएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द माझीले बताउनुभयो । 

माझीका अनुसार यस क्षेत्रमा यहाँका मौरी पालक कृषकले परम्परागत रुपमै मौरीपालन गर्दै आउनुभएको थियो । डीसीए नेपालको साझेदारीमा सोसेक नेपालद्धारा यस क्षेत्रमा पहिलोपटक मौरी सहितको आधुनिक घार बितरण गरिएको बताउनुभयो ।

मौरी सहितको आधुनिक घार पाएपछि यहाँका मौरीपालक कृर्षक खुशी भएका छन् । जलवायु उत्थानशील पर्यावरणीय कृषि पद्धतिका लागि नमूना गाउँ निर्माण गर्नका लागि वितरण गरिएको माझीले बताउनुभयो । 

प्रतिक्रिया