बाल क्लबद्धारा उखाडी गाँउ सफाइ अभियान

बाल क्लबद्धारा उखाडी गाँउ सफाइ अभियान

जुम्ला –   चिमारा मालिका बाल क्लबले गाउँ सरसफाई गरेको छ । शनिबार गुठीचौर गाँउपालिका वडा नम्बर ४ को वडा स्तरीय बल क्लबले दिपावलीको अवसरमा उखाडी गाँउमा सरसफार्ई गरेको हो । गुठीचौर गाँउपालिका वडा नम्बर ४ लाई पूर्ण सरसफाई वडा बनाउने क्लबले उखाडी गाउँबाट अभियानको सुरुवात गरेको हो ।

सुरक्षित पानी तथा सुरक्षित खानाको प्रयोग, घर आँगन र वरपरको वातावरणको सरसफाइले समाजमा रोगले भेटाउन नसक्ने गुठीचौर गाँउपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा गाँउपालिका कार्यवाहक अध्यक्ष टिकादत्त न्यौपानेले बताउनुभयो  । बालबालिकाले सिकेका कुरालाई घरका परिवार र समुदायमा पनि फैलाउदै गए पूर्ण वडा सरसफाइ गाउँ सम्भव भएको उनले बताए । सानो उमेरका बालबालिकाले विकासका काममा सचेत हुनु नमूना भएको अध्यक्ष न्यौपानेको भनाइ छ ।

त्यस्तै, व्यक्तिगत सरसफाइदेखि घरआँगन, टोल वातावरण सरसफाइ हुँदै गएमा धेरै रोगहरुबाट बच्न सकिने चिमारा मालिका बाल क्लबका अध्यक्ष धनप्रसाद न्यौपानेले बताउनुभयो  ।   बालबालिका र अभिभावकलाई लक्षित गरी पुर्ण सरसफाइ सम्बन्धी क्रियाकलाप सञ्चालन गर्दै आएको अध्यक्ष न्यौपानेको भनाइ छ । सरसफाई अभियानलाई गाँउटोल समाजले सघाउन अनुरोध गर्दै उनले स्वच्छ समाज निमार्ण गर्ने जिम्मेवारी सबै नागरिकको भएको अध्यक्ष न्यौपानेले बताउनुभयो  ।  उखाडी गाँउको हाताभित्र कागजका टुक्रा,प्लाष्टिक, काठका टुक्रा लगायत फोहोर बस्तुहरु छरिएका थिए। त्यसका कारण फोहोर र दुर्गन्धित देखिएको थियो।

सरसफई अभियानमा सबै लाग्न बाल क्लबले अनुरोध समेत गरेको छ। हिड्नेबाटो फोहोर भएकाले साथीसँग सल्लाह गरेर सामाजिक काममा अगाडि बढेको उहाँको जोड छ ।

क्लबका अध्यक्ष न्यौपानेको अध्यक्षता एवम् गाँउपालिका कार्यवाहक टिकादत्त न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्नो घरबाट सरसफाईको अभियान थालनी गर्न सके वडालाई नै पुर्ण सरसफाई युक्त वडा बनाउन सक्ने बताएका थिए ।

प्रतिक्रिया