सानीभेरीका भूकम्प प्रभावितलाई सोसेक नेपालद्धारा राहत वितरण

सानीभेरीका भूकम्प प्रभावितलाई सोसेक नेपालद्धारा राहत वितरण

रुकुम –  विपदकाे समयमा कठिन जीवन भाेगिरहेकाेहरूला सहायता गर्दै अाएकाे संस्थाहरूकाे साझेदारीमा सोसेक नेपालले रूकुमपश्चिमकाे सानीभेरी भूकम्प प्रभावित घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ  ।

स्लामिक रिलाइफ नेपाल र रुरल डेभलोमेन्ट सेन्टर नेपाल (आरडीसी)को सहयोगमा सोसेक नेपालद्धारा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-४ का दुई सय ५० प्रभावित घरधुरीलाई राहत बितरण गरिएको बताइएको छ । 

निकट भविष्यमा गर्भवती सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति, एकल महिलाहरुलाई चिसो मौसमका लागि २४१ घरधुरीलाई वितरण हुने बताइएको छ । दुई सय परिवारलाई खाद्यन्न सहयोग १५ दिन बराबर हुनेछ  ।

उक्त राहत रामग्रीहरू २७ लाख ८८ हजार नौ सय ५० बराबरको राहत सामाग्री वितरण गरेको बताइएको छ ।

यस अघि पनि साेसेक नेपालले जाजरकोट  र रुकुमपश्चिमका चार सय बढी घरधुरीलाई राहत बितरण गरिसकिएको र आवश्यक्ताका आधारमा अझै सहयोग गर्ने स्लामिक रिलाइफ नेपालका कार्यक्रम सल्लाहकार लक्ष्मी जोशीले बताउनुभयो । 

प्रतिक्रिया