तिहारकाे खानपानमा ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव

तिहारकाे खानपानमा ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव

दैलेख – तिहारको खानपानमा धेरै चिल्लो र गुलियो स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्  । रोटी, मिठाई र माछामासुसंगै तेल वा घ्युबाट बनाइएका परिकार खाँदा स्वास्थ्यको ख्याल गरेर मात्र खान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । तिहारमा खाइने खानाहरु कम खान दैलेख अस्पतालका प्रमुम डा. धर्मराज रेग्मीको आग्रह छ । 

चाडपर्वको बेला खानपिन अलि धेरै नै हुने हुनाले अरु बेलाको भन्दा बढी झोल पदार्थ र फलफूल, सलाद पनि खान उहाँको आग्रह छ । उहाँका अनुसार शरीरको आवश्यकताका अनुसार मात्रा मिलाएर मात्र खानेकुरा खानुपर्छ । चाडपर्वमा शारीरिक सक्रियतामा कमी हुने र धेरै खाने भएकाले अपचको समस्या समेत बढ्न सक्छ ।

खानपानमा ध्यान नदिएको अवस्थामा शरीरको तौल बढ्ने, अपच हुने, कोलेस्ट्रोल बढ्ने समस्या हुन्छ । यस्तै, मधुमेहका बिरामीको सुगर लेभल बढ्ने, रक्तचापको समस्या बढ्ने लगायत समस्या आउन सक्ने जाजरकाेट अस्पतालकी डा. पूजा आचार्यले बताउनुभयो । 

प्रतिक्रिया