यमपञ्चकको तेश्रो दिन आज गाई पूजा
दैलेख - तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ । यमपञ्चकको तेश्रो दिन गाईलाई पवित्र मानी पूजा गर्ने प्रचलन छ ।
आमाको दूध जत्तिकै गाईको दूध पोषिलो मानिन्छ । गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिइ दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
पूजा गरी आजका दिन गाईलाई मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।
गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।
प्रतिक्रिया