आगलागी हुँदा वृद्ध महिलाकाे मृत्यू

आगलागी हुँदा वृद्ध महिलाकाे मृत्यू

काठमाण्डौ – हिजो राति भक्तपुरमा लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ८३ वर्षीया वृद्धाको मृत्यू भएको छ ।

घरमा पूजा गर्ने क्रममा आगलागी हुँदा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको मृत्यू भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

हिजो बेलुका साढे ५ बजे पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएर उहाँकाे मृत्यू भएकाे थियाे । 

प्रतिक्रिया