मधुमेह दिवसको अवसरमा रक्तचाप तथा मधुमेह परीक्षण
दैलेख - नारायण नगरपालिका दैलेख र लायन्स क्लब दैलेखले बिश्व मधुमेह दिवसको अवसरमा दैलेखमा रक्तचाप र मधुमेह परीक्षण कार्यक्रम गरिएको छ ।
कुल एक सय ३८ जनाको परीक्षण गरिएको मध्ये ४५ जनामा उच्च रक्तचाप, १०० जनाको मधुमेह परीक्षण गर्दा १५ जनामा रगतमा चिनीको मात्रा बढी पाइएको बनाइएको छ ।
यस्तो हुनुमा व्यक्तिले आफूले खानपिन, जीवन शैलीको मुख्य कारण रहेको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका जोन चियरपर्सन खमबहादुर थापाको भनाई छ ।
मधुमेह परीक्षण कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्मा, उपमेयर तप्ता थापा र स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्का लगायत सर्वसाधारण समेतको सहभागिता थियो ।
प्रतिक्रिया