श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

अछाम – श्रीमतीको हत्याको आरोपमा एक व्यक्तिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जिल्ला सदरमुकाम मंगलसेन नगरपालिका–३ लाछिमानाका ४२ वर्षी शेरबहादुर भण्डारीलाई प्रहरीले प्रकाउ गरेको हो । 

आरोपित शेरबहादुरले आफ्नी श्रीमति ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको प्रहरीको भनाई छ । मृतकको टाउको र शरीरमा चोटपटक लागेको, घटनाको प्रकृतिले पनि शंकालाई पुष्टि गरेको कारण अछामका प्रहरी इञ्चार्ज प्रहरी नायब उपरिक्षक (डीएसपी) सन्तोष पाठकले बताउनभयो ।

शेरबहादुर भण्डारीले मदिरा सेवन गरी हत्या गरेको हुनसक्ने प्रहरीले आशंका छ । मृतकको पोष्टमार्टम बिहीबार अछाम अस्पतालमा भयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया