भूकम्प प्रभावित क्षेत्रमा पुनस्र्थापना सहयोग कार्यक्रम

भूकम्प प्रभावित क्षेत्रमा पुनस्र्थापना सहयोग कार्यक्रम
सुन्नुहोस्

जाजरकोट – भूकम्प प्रभावितहरुलाई आपत्कालिन राहत सहयोग पु¥याउन यूके एड स्टार्ट फण्डको सहयोगमा स्लामिक रिलिफ र सोसेक नेपालको साझेदारीमा जाजरकोटका चार वटा पालिकामा पुनस्र्थापना सहयोग कार्यक्रम सञ्चालन गरेको छ । 

भूकम्पबाट बढी प्रभावित पालिकाहरु जाजरकोटका भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिका क्षेत्रमा पुनस्र्थापना सहयोग कार्यक्रम सञ्चालन गरिएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बताउनुभयो । 

पुनस्र्थापना सहयोग कार्यक्रम सञ्चालन गरिएका यी चारै पालिकामा सोसेक नेपालले यूनिसेफको सहयोगमा खानेपानी तथा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ । खानेपानी योजनाको मर्मत सुधार र पालमा बसिरहेको भूकम्प प्रभावितहरुका लागि अस्थायी शौचालय निर्माणका गरिरहेको जनाइएको छ । 

परियोजनाले जाजरकोटका भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका रुकुमपश्चिम सानीभेरी गाउँपालिकामा पालिकाले तयार पारेको तथ्यांक आधारमा अतिप्रभावित पाँच सय परिवारलाई खाद्य सामग्री, पाँच सय परिवारलाई लत्ता कपडा वितरणसंगै दुई सय ७९ वटा अस्थायी शौचालय निर्माण सहयोग गरिसकेको छ । 

यस्तै सोसेक नेपालले भूकम्प प्रभावित बालबालिकाहरुलाई मनोसामाजिक सहयोगका लागि भूकम्प प्रभावित क्षेत्र रूकुमपश्चिमको तीन पालिका चौरजाहरी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा नौ वटा बालमैत्री स्नेही कक्ष निर्माण गरेको छ । 

चौरजाहरीमा दुई, आठबीसकोट नगरपालिकामा चार र सानीभेरी गाउँपालिकामा तीन गरी नौ वटा बालमैत्री स्नेही कक्ष निर्माण गरेको गर्ल्स म्याटर परियोजनाका कार्यक्रम अधिकृत अर्जुन शाहीले जानकारी दिनुभयो । गर्ल्स म्याटर परियोजना सोसेक नेपालले यूनिसेफसंगको साझेदारीमा सञ्चालन गरेको छ । 

दैलेखमा केन्द्रिय कार्यालय रहेको सोसेक नेपालले १३ वटा विभिन्न साझेदारहरुसंग खानेपानी तथा सरसफाई आयोजना लगायतका संरचना निर्माण, शिक्षा, स्वास्थ्य सेवा, बाल विवाह रोकथाम सवालसंग बालअधिकार प्रवद्र्धन, सामाजिक सचेतनादेखि लैंगिक तथा जातीय विभेद, छाउपडी प्रथा लगायतको विकृति बिरुद्ध परियोजना गतिविधि गरिरहेको छ । 

सामाजिक सचेतना र भौतिक संरचना निर्माणमा समेत अनुभवी सोसेक नेपालले दैलेख, सुर्खेत, कालिकोट, अछाम, जुम्लामा काम गरिहेको छ । २६ वर्षदेखि निरन्तर काम गर्दै आएको कर्णाली प्रदेश क्षेत्रको ४–५ वटा गैससहरु भित्र पर्दछ । 

कामको अनुभव, सुशासन र पारदर्शिताको अभ्यासमा संस्थाप्रतिको बिश्वासको कारण भूकम्प प्रभावित क्षेत्रमा जान साझेदारहरुको पनि चासो र स्थानीय तहहरुको समेत अनुरोध आएकोले भूकम्प प्रभावितहरुका लागि अहिले चार वटा परियोजना थालिएको सोसेक नेपालका अध्यक्ष मञ्जू खड्काले बताउनुभयो । 

साझेदार संस्थाहरुसंगको सम्वन्ध र बिश्वास पनि कमाएको विपद क्षेत्रमा पनि अनुभवी संस्था भएको कारण  सोसेक नेपाललाई आफूहरुले लिखित अनुरोध गरी बोलाइएको र काम पनि प्रभावकारी भइरहेको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले सुनाउनुभयो । 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्प प्रभावितहरुलाई सुरुमै सहयोग गर्न आउने केही थोरै संस्थाहरुमा सोसेक नेपाल पनि रहेको उल्लेख गर्दै जिल्ला विपद व्यवस्थापान समितिलाई बोधार्थ जनाएर पालिकाहरुसंग काम गरेको जानकारीमा रहेको बताउनुभयो । 
 

प्रतिक्रिया