जुवाखालबाट एक लाख भन्दा बढी रकम सहित १३ जना पक्राउ

जुवाखालबाट एक लाख भन्दा बढी रकम सहित १३ जना पक्राउ

सल्यान –  सल्यानमा जुवाखालबाट एक लाख भन्दा बढी रकम सहित १३ जनालाई पक्राउ गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिका २ झिगानेको एक स्थानीयको घरमा जुवा खेलिरहेको अवस्थामा १ लाख ३४ हजार नदग सहित २ गड्डी तास सहित १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

पक्राउमा पर्नेमा वडा सदस्य, शिक्षक,  वडाका प्राविधिक, स्वास्थ्यकर्मी रहेका छन् । पक्राउ परेका १३ जनालाई थप अनुसन्धानका लागि सल्यान जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ । 

प्रतिक्रिया