दैलेखमा विभिन्न कार्यक्रम गरी मनाइयो अन्तर्राष्ट्रिय बाल अधिकार दिवस

दैलेखमा विभिन्न कार्यक्रम गरी मनाइयो अन्तर्राष्ट्रिय बाल अधिकार दिवस

सुर्खेत –   ‘प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार’  नारासहित अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ । आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ  देशका विभिन्न ठाउँमा कार्यक्रम गरी मनाइएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन । सोही अवसरमा दैलेखमा पनि विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ ।

   एई आइएन लक्जेम्बर्गको साझेदारी  भैरवी गाउँपालिकाको समन्वय सोसक नेपालको आयोजनामा भैरवि गाउँपालिकामा पनि मनाइएको छ । भैरवी गाउँपालिकाको वडा न ४ र ५ का बाल क्लवका सदस्यहरुलाई उहाँहरुको हक हित र अधिकार सम्बन्धि अन्तराष्ट्रिय बाल दिवस मनाइएको बताइएको छ । 

त्यस्तै दैलेखको भैरवी गाउँपालिकाको पंञ्चदेवल माध्यामिक विद्यालयको समन्वयमा सोसेक नेपालको आयोजनामा अन्तक्रिया कार्यक्रम गरि मनाइएको छ । एई आइएन लक्जेम्बर्गको साझेदारीमा भैरबी गाउँपालिका –२ का वडा अध्यक्ष  मीन बहादुर  थापाको अध्यक्षतामा शिक्षक अभिभावक, विद्यालय व्यवस्थापन समितिर बालबालिकाको सहभागितामा  मनाइएको हो ।

एई आइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालको आयोजनामा भैरबी गाउपालिका ३ को समन्वयमा  अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको छ ।

वडा सदस्य सलिमन मिया को अध्यक्ष्यतामा बालक्लबका सदस्यहरुलाइ ‘प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार’   भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको बताइएको छ । दिवसको अवसरमा बाल अधिकार ,बाल संरक्षण, बाल हिंसा  , बाल दुव्र्यवहार,बालबिबाह,मर्यादित महिनावारी ,बाल श्रम लगायत विभिन्न विषयमा अन्तक्रिया  कार्यक्रम गरि मनाइएको थियो । कार्यक्रममा आर्थिक अवस्था कम्जोर, अभिभावक बिहिन विपन्न जेहन्दार २० जना बालबालिका हरुलाइ शैक्षिक समाग्री बितरण गरिएको थियो । 

 ‘प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार’ भन्ने मुल नाराका साथ बाल अधिकार बाल संरक्षण, बाल हिंसा दुव्र्यवहार,  बाल बिवाह जस्ता बिषयमा अन्तक्रिया कार्यक्रम गरी मनाइएको थियो । उक्त कार्यक्रममा विपन्न दलित अभिभावक विहिन र जेहेन्दार  २० जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण समेत गरिएको थियो । 

 चामुण्डाबिन्द्रासैनी नगरपालिकामा पनि सरसफाई सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरी मनाइएको छ ।

 चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ६ मा मा अन्तराष्ट्रिय बाल दिबसको अबसरमा बालबालिकाहरुलाई बाल अधिकार, सरसफाइ सम्बन्धी अभिमूखिकरण कार्यक्रम गरी साबुन पानीले हात धुन सहजिकरण समेत गरिएको थियो । 

बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन ।

यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्यायलगायतका व्यवस्था छन् ।


प्रतिक्रिया