उत्कृष्ट करदातालाई सिंहदरबार छिर्न विषेश पास

उत्कृष्ट करदातालाई सिंहदरबार छिर्न विषेश पास

काठमाण्डाैं - देशभरमा धेरै कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान स्वरुप एक वर्षका लागि सिंहदरबार छिर्न विषेश पास उपलब्ध गराइने भएको छ ।

सरकारले कर दिवसमा सम्मानित हुने करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने पास उपलब्ध गराउने भएको अर्थ सचिव कृष्णहरि पुष्करले जानकारी दिनुभयो । 

कर सप्ताहको अन्तिम दिन पत्रकार भेटघाट कार्यक्रममा यो व्यवस्था आजैदेखि कार्यान्वयनमा ल्याउन, मंैले आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको छु उहाँले भन्नुुभयो । 
 
सरकारले मंसिर १ गते राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न १६ विधामा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको थियो, ती पुरस्कृतले सिंहदरबार छिर्ने विशेष पास पाउनुहुनेछ । 

नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गतेलाई नेपाल सरकारले २०६९ सालदेखि प्रत्येक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आइएको छ । 

 

प्रतिक्रिया