अनलाइनबाट ठगी गर्ने धनगढीबाट नाै जना पक्राउ

अनलाइनबाट ठगी गर्ने धनगढीबाट नाै जना पक्राउ

डोटी – अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनालाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार, भारतको उत्तमनगर दिल्ली बस्ने  २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने वर्ष २४ को निखिल कुमार रहेका छन् ।

त्यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बस्ने २९ वर्षीय  मिनबहादुर सुनार, भारतको दिल्ली बस्ने  १९ वर्षीय प्रियंसु टापु, बेलडाडी गाउँपालिका–२ बस्ने ३० वर्षीय विशाल सुनार,  २८ वर्षका कमल सुनार र २२ वर्षीय जयराम सुनार पनि पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालीका–५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ बस्ने ३० वर्षीय विशाल सुनार समेतले अवैध रुपमा सञ्चालन गरेको आईटी सेन्टरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ, दुर्घटना बिमाको प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरिकलाई अनलाइनमार्फत ठगी गर्ने गरेका थिए।

प्रतिक्रिया