भैरवीमा बालबालिका र शिक्षक अभिभावकबीच संयुक्त आचार संहिता

भैरवीमा बालबालिका र शिक्षक अभिभावकबीच संयुक्त आचार संहिता

भैरवी –  दैलेखको भैरवी गाउँपालिकामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । एइ आइएन लक्जेम्बर्गको साझेदारी भैरवी गाउँपालिकाको समन्वय सोसेक नेपालको आयोजनामा अन्तक्रिया कार्यक्रम गरिएको हो ।

भैरवी गाउँपालिका वडा नम्बर -४ र ५ मा गठित बाल क्लबका सदस्य, शिक्षक अभिभावकलाई गर्नल हुने र नहुने कार्यका विषयमा अन्तक्रिया कार्यक्रम गरिएको थियो । विद्यालयमा शिक्षकले विद्यार्थीमाथि गर्ने दुव्र्यवहार, बालबालिकाको उपनाम राखेर गरिने बालशोषण श्रम, बालविवाह, मर्यादित महिनावारीका विषयमा अन्तक्रिया गरिएको थियो ।

यस्तै बालबालिकालाई मन नपर्ने व्यवहार बालबालिकामाथि हुने विभिन्न बिषयमा बालबालिका शिक्षक अभिभावकबीच संयुक्त  आचार संहिता बनाएर अन्तरक्रिया  कार्यक्रम  सम्पन्न भएको बताइएको छ । 

प्रतिक्रिया