पोर्चुगलमा साथीले छुरा गर्दा एक नेपाली युवकको मृत्यू

पोर्चुगलमा साथीले छुरा गर्दा एक नेपाली युवकको मृत्यू

काठमाण्डौ – मदिराको उन्मादमा साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक जना नेपाली युवकको मृत्यू भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका पर्वतको कुश्मा नगरपालिका–१३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यू भएकोे हो ।

शान्तियागोमा रहेको लिटरोल अलेन्टेजानो अस्पतालमा अस्ति मंसिर७ गते क्षेत्रीको उपचारका क्रममा मृत्यू भएकोे गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिनुभयो ।

त्यहाँकाे ओडिमिरा बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गएको मंसिर ५ गते राति छुरा प्रहार गरेका थिए ।

मदिराको उन्मादमा मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेका पोर्चुगलमा रहेका अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिनुभयो । गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । 

क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि पोर्चुगल पुगेका हुन् । उनीहरु दुवै जना ओडिमिराको एउटा कृषि कम्पनीमा कार्यरत थिए । के विषयमा विवाद भएको थियो ? भन्ने कुरा खुलेको छैन ।  

प्रतिक्रिया