उदयपुरमा स्कूल बस दुर्घटनामा तीन जनाको मृत्यू

उदयपुरमा स्कूल बस दुर्घटनामा तीन जनाको मृत्यू
सुन्नुहोस्

उदयपुर - पिकनिक गएको स्कुल बस शनिबार दुर्घटना हुँदा दुई बालबालिका र चालक समेत तीन जनाको मृत्यू भएको छ । त्रियुगाको अन्नपूर्ण सेकेण्डरी स्कूलको १–०५–००१ ख ००४४ नम्बरको स्कुल बस दुर्घटनामा परेको हो । दुर्घटनामा १२ जना गम्भीर र २५ जना सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक तीन जना चालक बिखन चौधरी, सात वर्षीया सन्या चौधरी र छ वर्षीय विकास चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना भएको हो ।

गम्भीर घाइते १२ जनालाई विराटनगर रिफर गरिएको र २५ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । अन्नपूर्ण सेकेण्डरी स्कूलको विद्यार्थी र अभिभावक समेत पिकनिक गएको बेला उक्त दुर्घटना भएको हो । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया