समाजसेवी उप्रेतीलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

समाजसेवी उप्रेतीलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाण्डौं – अपांगताको जटिल अवस्था अटिजम भएका बालबालिकाको सेवामा जुटिरहेकी नेपालकी समाजसेवी सविता उप्रेती यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कारका लागि छनौट हुनुभएको छ ।

हरेक वर्ष डिसेम्बरमा दिइने उक्त पुरस्कार यस वर्ष उप्रेतीलाई प्रदान गर्न लागेको हो । भारतीय मानव अधिकार परिषद्ले पुरस्कारमा छनौट भएकोबारे पत्र पठाएको र आउँदो डिसेम्बर १० मा पुरस्कार आफूलाई भारतको राजधानी दिल्लीमा बोलाइएको उप्रेतीले जानकारी दिनुभयो ।

उहाँलाई अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत उक्त पुरस्कारका मानव अधिकार सवालको सबैभन्दा प्रतिष्ठित पुरस्कार हो । उप्रेतीले १३ वर्षदेखि विशेष स्कूल तथा पुर्नस्थापना केन्द्र स्थापना गरी अटिजम बालबालिकाहरुलाई पढाउँदै आउनुभएको छ ।

प्रतिक्रिया