सिद्ध कुमाख २ को पोल्टामा चौथो अध्यक्ष कपको उपाधि

सिद्ध कुमाख २ को पोल्टामा चौथो अध्यक्ष कपको उपाधि

सल्यान –  सल्यानको सिद्ध कुमाख गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कम खेलकुद प्रतियोगिताको उपाधि वडा न २ ले उचालेको छ । दुई दिनसम्म भएको विभिन्न प्रतियोगितामा वडा २ पहिलो हुँदै उपाधि उचालेको हो । 

पुरुष भलिबलमा वडा न १ प्रथम, वडा न २ द्धितिय र वडा न ३ तृतिय, महिला भलिबल तर्फ वडा न २ प्रथम, वडा न ५ द्धितिय र वडा न ३ तृतिय भएका छन् । लोक दोहोरी तर्फ प्रथम वडान २ द्धियि वडा न ३ र तृतिय वडा न ४ भएका छन् । 

यस्तै व्यक्तिगत विधा तर्फ महिला खेलमा वेस्ट सर्भर वडा न ३ की शारदा बोहरा, वेस्ट डिफेन्डरमा वडा न ५ की सरिता बोहरा, वेस्ट सेन्टरमा वडा न २ की चेतना चलाउने, वेस्ट स्पाइकरमा वडा न २ की गंगा चलाउने, वेस्ट ब्लकरमा वडा न ५ की सिता खड्का र वेस्ट प्लेरमा वडा न २ कै सरिता रोका घोषित भएका छन् । 

पुरुष तर्फ वेस्ट सर्भरमा वडा न २ का विर बहादुर चलाउने, वेस्ट डिफेन्डरमा वडा न १ का तिलक बस्नेत, वेस्ट सटरमा वडा न १ का नवराज बुढाथोकी, वेस्ट स्पाइकरमा वडा न ४ का अर्जून रेउले र वेस्ट ब्लकरमा वडा न २ का कैलाश चलाउने र वेस्ट प्लेरमा वडा  १ का कमल बुढाथोकी घोषित भएका छन् । 

यस्तै पालिकाबाट छनोटमा परेका पुरुष भलिबल तर्फ वडा न १ का कमल  बुढाथोकी, नवराज बुढाथोकी, तिलक बस्नेत, पुष्पकमल रोका, वडा न २ बाट कैलाश चलाउने, विर बहादुर चलाउने गोविन्द विक वडा न ४ बाट अर्जुन रेउले, भरत परियार, भरत राना, वडा न ५ बाट मुकुन्द चलाउने र वडन  ३ बाट नेव बहादुर चलाउने रहेका छन् । 

महिला भलिबल तर्फ छनोट भएका खेलाडीहरुमा वडा न १ बाट सिता कुमारी बुढाथोकी, वडा न २ बाट सरिता रोका, चेतना चलाउने, गगा चलाउने र सिमा बोहरा, वडा न ३ बाट शारदा बोहरा, करिश्मा बोहरा, सम्झना बोहरा, वडा न ४ बाट सुष्मा राना मश्मिता खड्का र वडा न ५ बाट सरिता बोहरा, र सिता खड्का रहेका छन् ।  विजेता टोलीलाई नगद पुरस्कार, प्रमाण पत्र, मेडल र कप प्रदान गरिएको छ । पाँचौँ अध्यक्षकप वडा न १ को महेन्द्र आर्दश माध्यमिक विद्यालयमा हुने छ । 

प्रतिक्रिया