आयुर्वेद स्वास्थ्य केन्द्र मुगुद्धारा अक्कुपञ्चर सेवा थालनी

आयुर्वेद स्वास्थ्य केन्द्र मुगुद्धारा अक्कुपञ्चर सेवा थालनी

मुगु –  आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले अक्कुपञ्चर सेवा थालनी गरेको छ । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबाहेक कर्णालीका अन्य आयुर्वेद स्वास्थ्य केन्द्रमा यो सेवा थालनी भएको छैन । केन्द्रका प्रमुख लक्ष्मीप्रसाद पाण्डेले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुगु अक्कुपञ्चर सेवा थालनी गर्ने पहिलो संस्था रहेकोे बताउनुभयो ।

उहाँले  हाडजोर्नी तथा नशारोग बिरामीका लागि निः शुल्क अक्कुपञ्चर सेवा प्रदान गरिने बताउनुभयो । सो सेवा एकपटकमा चारदेखि पाँच जनासम्मलाई सेवा दिन सकिने बताइएको छ ।

जिल्लामा अकुपञ्चर सेवा सुरु नहुँदा सेवा लिनकै काठमाडौँ, नेपालगञ्ज र सुर्खेतलगायतका अन्य जिल्लामा जानुपर्ने बाध्यता थियो । सोरु गाउँपालिका–१ का हरि शाहीले अक्कुपञ्चर  सेवा नियमित गर्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया