डिग्रे मेलाको अवसरमा नगरपालिकाले दियो सार्वजनिक बिदा

डिग्रे मेलाको अवसरमा नगरपालिकाले दियो सार्वजनिक बिदा

रुकुम पश्चिम –  रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । वडा नम्बर ५ को थुर्पूमा लाग्दै आएको डिग्रे मेलाको अवसरमा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो । 

नगरपालिका अन्तर्गतका १४ वटै वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय लगायत सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

 हरेक वर्षको हरिबोधिनी एकादशी देखि पूर्णिमासम्म ५ दिने चल्ने डिग्रे मेला आज सकिँदै छ । आज अन्तिम दिन डिग्रे मन्दिर परिसरमा भव्य मेला लाग्दै छ ।

प्रतिक्रिया