आजको मौसम : हल्का हिमपातको सम्भावना
![आजको मौसम : हल्का हिमपातको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_SfHOJnTevQ_1wt0qzhsewgzqgxtk843yobdp1jzhyufc4zn3s509kmekiveexedjgucenu7_j7qxOHHKQh_xfs6lkxvk169eqj1l0sighokfboofq8gxbtwqhr3shidvf5igow1yqgwgd0t_Bdgx25AQCr_es0ilwpl7wljrbu9bjpoxn2v5glxv63ozmxnmtst9kztvbbetyj3lf0clrqf_CbmqwsvOqG_gwekjdrf6lvjpiv3y06bx2e2fe4q4s7qnt63oczbjm8sfs9rrxjncrqrciql.jpg)
काठमाडौँ – देशका केही स्थानमा बुधबार आंशिक बदली रहँदा केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सुभावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया