भूकम्प प्रभावित क्षेत्र नलगाडबाट एक महिने शिशुको उद्धार

भूकम्प प्रभावित क्षेत्र नलगाडबाट एक महिने शिशुको उद्धार

जाजरकोट –  भूकम्प प्रभावित क्षेत्र जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर –८ सिम बाट एक महिने शिशुको उद्धार गरिएको छ । नलगाड नगरपालिका बाल कल्याण अधिकारी प्रदिप रावल,  आवाज संस्थाद्धारा संचालित बाल हेल्पलाइन १०९८ मा कार्यरत सन्जु यरीको सहयोगमा उद्धार गरिरएको हो ।

 राष्टिय बाल अधिकार परिषद कर्णाली प्रदेश समन्वय अधिकृत डम्बर रोकायाको समन्वयमा कोपिला भ्याली समाजले डाक्टरको टोली सहित मंगलबार उद्धार गरिएको बताइएको छ । केही समय अघि सुत्केरी भएको केही समयपछि शर्मिला विक चदाराको मृत्यु भएको थियो । 

सुत्केरी भएको एक महिनापछि शर्मिलाको मृत्यु भएपछि कोपिला भ्याली समाज सुर्खेतले उद्धार गरेको आवाज संस्थामा कार्यरत सन्जु यरीले बताउनुभयो ।

उहाँका अनुसार केही दिन अघि त्रिपालमुनी चिसोका कारण मृत्यु भएको भनिएपनि त्यो नभएको उहाँले बताउनुभयो । चिसोका कारण मृत्यु भयो भनिनएता पनि त्यो रहेन छ', उहाँले भन्नुभयो, 'उहाँको घरमा गएर प्रत्यक्ष बुझ्दा गर्भमा दुइवटा जुम्ला सन्तान रहेको र एउटा सन्तान छोराको गर्भमै मृत्यु भइ छोरीको मात्र जन्म दिनुभएको रहेछ । स्वास्थ्यमा समस्या आएपछि प्रदेश अस्पताल सुर्खेतमा उपचारको लागि आइस्यूमा राखिएको थियो । त्यहाँ उपचार पश्चात् शर्मिलाले घर जाने इच्छा जनाएपछि घर लैजाने क्रममा बाटोमै मृत्यु भएको आवाज संस्थाद्धारा संचालित बाल हेल्पलाइन १०९८ मा कार्यरत मनोबिर्मशकर्ता सन्जु यरीले बताउनुभयो । 

प्रतिक्रिया