नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता

नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता

काठमाडौँ –   नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता भएको छ। लमजुङको दोर्दी गाउँपालिकाले सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार एक समलिंगी जोडीको विवाह दर्ता गरेको हो। 

लमजुङको दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेबीच समलिंगी विवाह दर्ता भएको हो। 

दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा उनीहरूले विवाहका लागि निवेदन दिएका थिए ।  समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले यसलाई पहिलो ऐतिहासिक समलिङ्गी विवाह दर्ता प्रक्रिया भएको दाबी गरेका छन् । 

प्रतिक्रिया