बुद्ध एयर सुर्खेत–काठमाडौंको भाडा घटाउँदै
सुर्खेत – हाल दुई तर्फी रुप्मा सुर्खेतबाट काठमाडौंका लागि एकल उडान भर्दै आएको बुद्ध एयरले हवाई भाडा घटाउने भएको छ। श्रीएयरको जहाजले काठमाडौं–सुर्खेतका लागि परीक्षण उडान गरेपछि बुद्धले आफ्नो भाडादर घटाएको हो।
बुद्ध एयर सुर्खेतका निमित्त प्रमुख अर्जुन रावलका अनुसार अब बुद्ध एयरले सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेतको भाडा दर घटाएको छ।
जसमा एकर्फी ६ हजार ६ सय रुपैयाँ भाडा लाग्छ। नयाँ भाडादर मंसिर १५ अर्थात् डिसेम्बर १ तारिख आजबाट लागू हुनेछ।
हाललाई यो भाडादर बिहानको उडानका लागि मात्र कायम गरिनेछ। बजारमा श्रीएयर लाइन्सले पनि अब काठमाडौं–सुर्खेत उडान सस्तोमा भाडा भर्ने जनाएको छ।
सोही कारण बुद्ध एयरले पनि भाडा घटाएको हो। यसअघि बुद्धको जहाजले मात्र काठमाडौं सुर्खेतको उडान भर्ने भएको कारण टिकट दर निकै महँगो मानिँदै आएको थियो।
बुद्ध एअरले एक घण्टा १० मिनेट समयमा काठमाडौं सुर्खेत ७२ सिटे जहाजबाट उडान गर्दै आएपनि श्री एअरले भने बढीमा ४० मिनेटमा ८० सिटे जहाजबाट काठमाडौं सुर्खेत उडान भर्दे छ । दुई एअरलाईन्सको प्रतिस्पर्धा भएसगै भाडा अझै घट्ने अपेक्षा कर्णाली बासीको छ ।
प्रतिक्रिया