पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
![पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/deathimage784410-1622018110402-1000x01-0762018112921-1000x0_0UcGghdCcY_6zitue7yxjnfbgnhmbrgnw2x9iud6wwptqw74uuvosu5sg2raqvm5g7nx4xp_a9Rs4KhuUM_6qqc78s19xg8xkzbpprodjros9kd2uk5ftyjc45h8vdabss0lyxez3pef4ad_q9DwVeOggz_ewttjahamqury4ujna51ltqvvglx8ly1eysrjnw8dinnn93ka2lmnswgbibf_Vj1hbWVJQL_lyd4tecqcql5fodiv1rm09nnnenqiyse2nthfj2n3pbr4j0yoepgf3lbbifb_M0Vhxt9E9k_duthzb0wbcobv2lbw2kwjhmb9v0n0xtihrdnvb4zloushjguox4zsquotviu_k43EeU19Z3_6mbgt5dqi31d70nziecd8hg4f8arpwmx6utfvskocxbcvzwvek3tzsmgrckb_TSbraKFdIu_8whjpcscjokqwg7lgng2rvjvc6mlovbwpiiitqdxyhx0ucmpd00v8vdwtejh_SO1f1vLQvv_sqawmrr9uj1ybbwbz4kcoglkvsb67ccbhx943vhql8cn1cqqnebkmkr3cqyp.jpg)
जाजरकोट – कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको बताउनुभयो ।
उहाँका अनुसार गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए ।
भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा पुगेको जनाइएको छ ।
प्रतिक्रिया