भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमा हर्मेटिक ब्याग हस्तान्तरण
रुकुम पश्चिम – भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमा हर्मेटिक ब्याग हस्तान्तरण गरिएको छ । शुक्रबार प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले हस्तान्तरण गर्नुभएको हो ।
एफ एओ नेपालको सहयोग डिपिनेटको सहकार्य तथा सोसेक नेपालको सहजीकरणमा हस्तान्तरण गरिएको हो । जिल्ला विपद व्यवस्थापन समिति रूकुम पश्चिममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त मार्फत हस्तान्तरण गरिएको बताइएको छ ।
भूकम्प प्रभावित घरपरिवारलाई सुरक्षित अन्न भण्डारणका लागि स्थानीय तहले वितरण गर्ने गरि हर्मेटिक व्याक बितरण गरिएको बताइएको छ ।
प्रतिक्रिया