चौकुनेका युवाहरुका लागि रुपान्तरण तालिम सुरु

चौकुनेका युवाहरुका लागि रुपान्तरण तालिम सुरु

सुर्खेत – सोसेक नेपाल र युनिसेफ नेपालको साझेदारीमा संचालित बालिका ससक्तिकरण (गल्र्स म्याटर) परियोजनाले सुर्खेतको चौकुने गाउपलिकामा युवाहरुका लागि १० दिने रुपान्तरण तालिम चौकुने गाउपलिकाको आयोजनामा आइतबारदेखि सुर्खेतको पञ्चपुरीमा सुरु भएको छ ।

गाउँपालिकाका १७ जना किशोरीहरुको सहभागितामा रुपान्तरण तालिम सुरु भएको  तालिमले युवाहरुको नेतृत्व, ब्याक्तित्व विकसका साथै समुदायस्तरमा अन्य युवाहरूलाई समेत त्यसको सिकाई सहजीकरण गराउने  परियाेजनाकाे लक्ष्य छ । 

तालिमले समाजको रुपान्तरणका लागि युवाहरूलाई सक्रिय बनाउन सकेको अवस्थामा त्यसले सबै कुराहरुमा सहयोग पुग्ने र युवाहरू नेतृत्व तहमा पुग्न समेत सहज हुने भएकोले तालिम प्रभावकारी हुने परियोजना संयोजक शशीकला पाण्डेले बताउनुभयो ।

तालिमका प्रशिक्षक सरु सिल्पकारले रुपान्तरण शब्द नै परिवर्तनसँग जोडिएको बताउँदै त्यसबाट युवाहरूलाई नेतृत्व, ब्याक्तित्व तथा सामाजिक उत्तरदायी बनाउनमा सहयोग पुर्याउने बताउनुभयो । 

उहाँले यस्ता तालिमहरुले युवाहरूलाई सकारात्मक बाटोमा डो¥याउन सकिने बताउँदै युवाहरूलाई प्रेरणा दिने खालका तालिमहरु आवश्यकता औल्याउनुभयो । 

तालिममा स्वस्थ र सुरक्षित वातावरण, शिक्षा, सिप, जीविकोपार्जन तथा आर्थिक सशक्तिकरण, नागरिक संलग्नता र सहभागिता, लैंगिक समता र समावेशीकारण जस्ता १५ वटा विषयमा महत्वपूर्ण सबालहरुलाई समाबेश गरिएको किसोरीहरुको स्थितिमा सकारात्मक परिबर्तन ल्याउने अपेक्षा गरिएको छ । 

सहभागीहरुले आफूले सिकेको सीप चौकुने गाउपलिकाका १० वटै वडामा गठन हुने किशोरकिशोरी समूह, आमाहरुको रुपान्तरण समूहलाई स्वस्थ र सुरक्षित वातावरण, शिक्षा, सिप, जीविकोपार्जन सवालमा अभिमुखीकरण गराउने छन् । 

तालिमको पहिलो दिन प्रतिनिधिसभाका सदस्य सीताकुमारी राना, चौकुने गाउपलिका अध्यक्ष खड्क बिक, सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले तालिमका सहभागीहरुलाई उत्प्रेरणा र किशोर अवस्थामा सुरक्षा सवालमा पृष्ठपोषण दिनुभएको थियो ।

  

प्रतिक्रिया