सुर्खेतमा किशोरीहरुलाई रुपान्तरण सम्बन्धी १० दिने तालिम संचालन

सुर्खेतमा किशोरीहरुलाई रुपान्तरण सम्बन्धी १० दिने तालिम संचालन

सुर्खेत –  सुर्खेतको वीरेन्द्रनगरमा किशोरीहरुलाई रुपान्तरण सम्बन्धी १० दिने प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिएको छ ।

मंगलबार सुर्खेतमा एक कार्यक्रमकाको आयोजना गर्दै यूनिसेफको साझेदारी दुल्लु नगरपालिकाको आयोजना र सोसेक नेपालको सहजीकरणमा रुपान्तरण सम्बन्धी तालिम संचालन गरिएको हो ।

कार्यक्रममा सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा सामाजिक मामिला समिति सदस्य तथा प्रतिनिधि सभा सांसद सीता कुमारी रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएकी सांसद सीता कुमारी रानाले आफुले आफैलाई रुपान्तरण गर्न सके मात्र रुपान्तरण समाज रुपान्तरण गर्न सकिने बताउनुभयो । त्यस्तै सांसद रानाले सोसेक नेपाल परिवर्तनको सम्बाहक भएको बताउनुभयो । गाउँ समाजका समस्याहरुलाई जरैबाट उखेल्दै सकारात्मक समाज निर्माणमा अह भूमिका खेलेको  बताउनुभयो

आफुले आफुलाइ रुपान्तरण गर्न सके मात्र रुपान्तरण हो, सांसद रानाले भन्नुभयो,  हामी समाज रुपान्तरणको सम्बाहक हौँ । आफूले सिकाका कुराहरु छापा माध्यममा खुल्ने गरेर लेख्न समेत सुझाब दिनुभयो । आफुले गरेका क्रियाकलापले कुनै न कुनै  शन्देश देओस भनेर लाग्नुपर्ने उहाँले बताउनुभयो । सिकेका कुराहरु र समाजमा भएका कुसंस्कार र कुरीतिहरुका बारेमा आफ्ना विचार व्यक्त गर्दै समाजलाई सजग बनाउनुपर्ने उहाँले  बताउनुभयो । 

त्यस्तै कार्यक्रमका अध्यक्ष समेत रहेका सोसेक नेपालका कार्यकारी निर्देशक हीरा सिंह थापाले यो दश दिन सम्म आफैमा परिवर्तन गर्ने र आफु परिवर्तन र अर्को आफ्नो वरिपरिको समाजका समस्या समाधान गर्नु नै रुपान्तरण गर्ने भएको बताउनुभयो ।  

कार्यक्रममा दुल्लु नगरपालिका देखि १८ देखि २४ वर्ष उमेर समूहका  २८ जना किशोरीहरु सुर्खेतको कार्यक्रममा सहभागि भएका छन् ।

 चौकुने गाउँपालिका र राउटे समुदायका दुइजना किशोरी र दुइजना किशोर सहित २५ जना सुर्खेतको पन्चपुरी नगरपालिकाको कार्यक्रममा सहभागि रहेका छन् ।

कार्यक्रममा सेभ द चिल्डे«नक नवराज बिसी, दुल्लु नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख उमा उपाध्याय, प्रशिक्षक रुपा जोशी, जलस्रोत व्यवस्थापन कार्यक्रम सिसियर इन्जिनियर राजेन्द्र जैसि, पत्रकार बिशाल सुनार लगायतको सहभागिता रहेको थियो ।  कार्यक्रम संचालन सोसेक नेपालका मिल अधिकृत पुस्कर शर्माले गर्नुभएको थियो ।

 

प्रतिक्रिया