२०औँ राष्ट्रिय स्वयंसेविका दिवस : ठाटीकाँधमा ६ जना स्वयंसेविका पुरस्कृत

२०औँ राष्ट्रिय स्वयंसेविका दिवस : ठाटीकाँधमा ६ जना स्वयंसेविका पुरस्कृत

सुर्खेत –   आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस : यो दिनलाई नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका रुपमा मनाउने गरिन्छ । यसवर्ष २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको संयुक्त प्रयास’ नाराका साथ मनाइएको छ  ।

 सोही सन्दर्भमा दैलेखको ठाटीकाँध गाउँपालिकामा पनि २०औँ राष्ट्रिय स्वयंसेविका दिवस मनाइएको छ । एइआईएन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वय सोसेक नेपालको आयोजनामा दिवस मनाइएको हो ।

स्वयंसेविका दिवसको अवसरमा ठाटीकाँधमा ६ जना स्वयमसेविका पुरस्कृत हुनुभएको छ  । राष्ट्रिय स्वयम् सेविका दिवसको अवसरमा प्रत्येक वडाबाट १/१ जना गरि ६ जना स्वयंसेविकालाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा गिता बुढा, पवित्रा उपाध्याय, मिना आचार्य, जिरु बडुवाल, धिर्जा शाही, जन्पुरा कुमारी रोकाय पुरस्कृत हुनुभएको बताइएको छ ।  

आजको दिन महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र मनोबल उच्च राख्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम गरिएका छन्  । नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुमा स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय भूमिका रहेको युनिसेफले जनाएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाको मुख्य काम महिला तथा बालबालिकाको क्षेत्रमा भएपनि कतिपय अवस्थामा स्वयंसेवकका रूपमा खटाउने गरिएको छ ।

प्रतिक्रिया