पार्टीमा भातृ संस्था गठन नहुँदा नेतृत्व बिकास हुन सकेन : नेतृ राना
सुर्खेत – पार्टीमा भातृ संस्था गठन नहुँदा पार्टी चलायमान र नेतृत्व बिकास हुन नसकेको सांसद सीता कुमारी रानाले बताउनुभएको छ । उहाँले भातृ संस्थामा तदारुकताका साथ काम गर्ने नेतृत्वलाई जिम्मेवारी दिएर क्रियाशील बनाउनु आजको आवश्यकता रहेको उहाँको भनाई थियो ।
सुर्खेत पार्टी कार्यालय ,नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सुर्खेतको संगठन निर्माण,विस्तार गरि नेपाली कांग्रेस पार्टी बलियो बनाउन प्रतिनिधि सभा क्षेत्र नं १ का पालिका मा तदर्थ समिति अध्यक्ष ,प्रदेश (क) र (ख) क्षेत्रको अध्यक्षमा मनोनित साथै मनोनित नेताहरुको घोषणा यहि २५ गते हुने बताइएको छ ।
उक्त संगठन निर्माण गरि जिल्ला देखि पालिका वडा वडा सम्म गठन गर्न राय,सल्लाह ,समन्वय र निर्देशन का लागि सुर्खेतमा नेपाली कांग्रेस केन्द्रीय सदस्य,प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाको समेत उपस्थितिमा तदर्थ समिति गठन भइरहेको बताइएको छ ।
प्रतिक्रिया