'भूकम्प प्रभावित चिसोमा लगाउने लुगाकपडा नहुँदा जोखिममा छन्'

'भूकम्प प्रभावित चिसोमा लगाउने लुगाकपडा नहुँदा जोखिममा छन्'

गत कात्तिक १७ गतेको भूकम्पले घर बस्न योग्य नरहेपछि जाजरकोट भूकम्पका प्रभावितहरू पालमुनि बस्दै आएका छन् । अस्थायी आवास पर्याप्त मात्रामा बन्न नसक्दा भूकम्पपीडितहरूको त्रिपालमै मृत्यु हुने क्रम बढेको छ । बढ्दो चिसो र असुरक्षित त्रिपालमुनिको बासले वृद्ध वृद्धा, सुत्केरी र बालबालिकामा  बढी समस्या देखिन थालेको छ  । चिसो बढ्दै जाँदा दीर्घरोगीहरु थप पीडामा छन् । अहिले पनि दुर्गमका वडाहरुका भूकम्प प्रभावितहरुले राहत पाउन सकेको अवस्था छैन । राहतहरु खानको लागि गइरहेको छ । ओढ्ने ओछ्याउनको लागि पनि अलिकति बल्याङकेट छ । तर शरिरमा लगाउने लुगाहरु छैन । त्यो पनि एकदमै समस्या छ । यसै सन्दर्भमा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा स्थलगत रुपमा राहत सामाग्रि लिएर पुग्नुभएको नेपाली कांग्रेस  केन्द्रीय सदस्य एवंम प्रतिनिधिसभा सांसद सीता कुमारी रानासँग ज्वाला सन्देश डटकमले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

भूकम्प प्रभावित क्षेत्रमा स्थलगत रुपमा तपाईँ त्यहाँ पुग्दै गर्दा त्यहाँको अहिलेको अवस्था कस्तो पाउनुभयो ? 

कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा भूकम्पको कारणले गर्दा मानविय र भौतिक क्षती भयो । स्थलगत रुपमा म त्यहाँ पुग्दा मेरो दृष्टिकोणमा तुरुन्त उचित आवासको व्यवस्था हुनुप्रर्छ ।अहिले चिसो पनि छ । भत्किएर जाने र मृत्यु भएर जाने गइसके र पुरै भत्किन नसकेका घरहरु पनि ढलेका छैनन् र बस्न लायक पनि छैनन् । त्यो हिसाबले मानिसहरुलाई मानसिक रुपमा टचर भएका कारणले पनि त्यहाँका पीडितहरुलाई मनोबिर्मर्शकर्ताको आवश्यक रहेको छ । जस्ले उहाँहरुलाई काउन्सेलिङ पनि गर्नुपर्छ । मानिसहरु आपविपदमा परेका बेला पनि सम्झाइ दिने मान्छे छैनन् । उहाँहरुको घाउमा मलम लगाउन र सान्त्वना दिनको लागि पनि उहाँहरुलाई मनोबिर्मर्श कर्ताको आवश्यक छ । अर्को कुरा तत्काल त्यहाँको आवश्यक भनेको अहिले त्यहाँ प्रसस्त रुपमा राहत उपलब्ध भएका छन् । अहिले त्यहाँ धेरै जसो दिर्घ रोगीहरुको औषधीहरु पुरिएको छ । डाक्टरले लेखेको कागजात पनि सबै पुरिएको अवस्था  छ । कुन औषधी खाने भन्ने कुरा पनि उहाँहरुलाई जानकारी छैन । चिसो बढ्दै आएको छ । चिसोको कारणले धेरैको ज्यान पनि गइसकेको छ । अहिले नेपाल सरकारले तुरुन्त त्यहाँ बस्नको लागि त्यहाँको जनतालाई नेपाल सरकारले बचाउन चाहन्छ भने र त्यहाँका  जनताको माया छ भने पुननिर्माण गरेर आवासको व्यवस्था गरिनुपर्छ । पालका टहराहरु छ । त्यस्मा नत आगो बाल्न मिल्छ नत तातोगरी बस्न नै मिल्छ । पालबाट शितहरु चुहिएको हुन्छ । जस्ले गर्दा उहाँहरुलाई समस्या छ । 

त्यहाँ पुग्दै गर्दा बाहिरबाट राहत प्रस्त रुपमा जिल्लामा पुगेको छ भन्ने छ तर, त्यस्मै राजनीति भएको भन्ने पनि सुनिन्छ साच्चिकै प्रभावितहरुले राहत पाएका छन् की छैनन् ? 

नेपाल सरकारले एकद्धार प्राणाली गर्ने भनेको छ । त्यहाँ केही सिस्टममा पनि देखिन्छ । तर, राहतहरु अझै पनि जिल्लामै जम्मा भएको देखिन्छ । जम्मा भएको राहत पनि मिसयुज भएको होकि भन्ने गरेको छु । किन भने राहतहरु सदरमुकाममा पुगेको छ तर, के हो भने सदरमुकामबाट त बोकेर लिनुपर्छ । राहत लैजानको लागि ट्याक्टर प्रयोग गर्नुपर्छ । ट्याक्टर प्रायोग गर्न पैसा चाहिन्छ त्यही पैसा चाहिने भएकै कारणले पनि त्यो राहत त्यही थुप्रिएको देखिन्छ । राहत पुग्नै पर्ने ठाउँमा पुगेकै छैन । धेरै टाढाका वडाहरुमा पुग्नुपर्ने जस्तै कुशे गाउँपालिकाको ८ देखि ७ नम्बर सम्म त्यहाँ पनि पुग्न सकेको छैन । जुनीचाँदे गाउँपालिकाकामा पनि पुगेको अवस्था छैन । नलगाड नगरपालिकामा पनि त्यहाँका दुर्गम वडाहरुमा पुग्न सकेको अवस्था छैन । त्यस्तो अवस्थामा त्यहाँका जनप्रतिनिधि र राजनीतिक दलहरुले पनि कुन ठाउँमा बढी क्षती भएका ठाउँमा र तेरो मेरो भन्दा पनि मानविय रुपमा जहाँ समस्या छ त्यहाँ समाधान गर्नुपर्ने हो तर, मैले त्यहाँका क्षेत्रहरुमा प्रत्यक्ष बुझदा सुनेको के हो भने राहत चाहीँ छ तर, फलानोलाई त्यहाँ लिएर दिदेउ है भन्ने पनि देखेको छु । तर, त्यस्तो होइन जस्ले राहत लिएको छ उसैले नै त्यो ठाउँमा पुर्र्याउनुपर्छ भन्ने लाग्छ ।

अहिलेको त्यहाँको तत्कालको आवश्यक्ता के छ ? 

त्यहाँको अहिलेको आवश्यक्ता भनेको के हो भने अहिले चिसो बढ्दो छ । चिसो बढेको कारणले गर्दा महिला, बालबालिका र दिर्घ रोगी वृद्ध वृद्धाहरुलाई निकै अफ्ठेरो भएको अवस्था छ । उहाँहरु महिला बालबालिका र बुढाबुढी हुनुभयो तर, उमेर भएका छोराबुहारीहरुलाई व्यवस्थापन गर्न अप्ठेरो भएको अवस्था छ । राहतहरु खानको लागि गइरहेको छ । ओढ्ने ओछ्याउनको लागि पनि अलिकति बल्याकेट छ । तर शरिरमा लगाउने लुगाहरु छैन । त्यो पनि एकदमै ससमस्याको कुरा छ । अर्को कुरा घर पनि छैन । घरमा बस्ने अवस्था पनि छैन । रोजगारी पनि केही छैन । जस्कार कारण महिलाहरु आत्महत्याको बाटो रोज्न सक्ने अवस्था छ । गाउँमा बहुबिवाह, बालबिवाह भएका छन् दिमागमा परिपक्व सोच छैन । त्यस्मा थपियो यस्तो समस्या रोजगारी नभएपछि झन नाजुक छ । त्यस कारण पनि उहाँहरु आत्महत्याको बाटो रोज्न सक्ने देखिन्छ । त्यसैले पनि त्यहाँको त्यस्तो अवस्था देखेर केही साइको सोसेल काउन्सेलर बहिनीहरुलाई त्यहाँ जानुस भनेर पाएको छु । अहिले बालबालिकाको पनि पढन पाठन प्रभावित भएको छ । विद्यालयहरु भत्किएका छन् । स्वास्थ्य चौकीहरु पनि सबै गइसकेका छन् । पढ्नको लागि पनि बालबालिका त्रसित भइरहेका छन् । सहजै विद्यालय जान सकिरहेको अवस्था पनि छैन ।  घरमा समयमै तयार गरेर विद्यालय पठाउने बाताबरण पनि छैन । त्यसैले अभिभावक पनि त्रसित भएको अवस्था छ । अहिले बतात्कारका घटना पनि भएको भन्ने सुनिन्छ । कतै यस्ले पनि प्रसय लैजान्छकी भन्ने डर लागेको छ । यस्को जोखिम पनि बढ्दै गइरहेको छ । यस्तो विपदको समयमा जे पनि हुन सक्छ । यसबेला जे जसरी पनि मानवियता र सम्बेदनशिलता गुमाउन सक्ने अवस्था पनि छ । यस्तो अवस्थामा चलखेल गरेर त्यहाँका बालबालिकाहरु बाहिर ओसारपसार हुन सक्ने पनि सम्भावना छ । यस्तो कदम रोक्नका लागि नेपाल सरकारले तत्काल त्यस्ता कदमहरुमा निगरानी बढाउन आवश्यक छ । 

घर टहरा निर्माणको अवस्था कस्तो पाउनुभयो ?

घर टहरा निर्माणको सन्दर्भमा पार्टी नेतृत्वले पनि घर टहरा बनाइहेको अवस्था छ । उहाँहरुले बनाउदै गर्दा उहाँहरु दक्ष मिस्त्री हैन । दक्ष नभएको कारणले उहाँहरुले ठोकेको किलाकाटा सही ठाउँमा पुगेन भने पनि भत्किएर मानविय क्षती हुन सक्छ । खामाहरु राम्रोसँग गाड्न सकेनौ, भने पनि त्यस्ले पनि समस्या निम्त्याउन सक्छ । त्यो हिसाबले पनि नेपाल सरकारले सशस्त्र प्रहरी बल र नेपाल आर्मीलाई खटाएर घर टहराको पुननिर्माण गर्नक लागि तुरुन्त कदम चाल्न एकदमै आवश्यक छ ।

दिर्घकालिन रुपमा पुननिर्माणका लागि सरकारले कस्तो कदम चाल्नुपर्ला ?  

दिर्घकालिन रुपमा पुननिर्माणका लागि सरकारले सबै ठाउँको डाटा जम्मा गर्नुपर्छ । डाटा जम्मा गरिसकेपछि ठाउँहरु खोजेर उहाँहरुलाई बसाइसराइका कुराहरु र कुन ठाउँमा राख्दाखेरी एकृकित बस्तिहरु बसाल्न सकिन्छ अध्यन गर्नुपर्छ । हामीले विकास दिने कुराहरुमा पनि पानी बत्ति, विद्युतको पहुँच छ कि छैन त्यस्ता कुराहरुलाई हेर्न सक्यो भने मात्र नेपाल सरकारले त्यस्तो ठाउँमा ठुलो घर हालेर सम्पन्न हुन्छ भन्ने होइन । नेपालमा भूकम्प बेला बेला गइरहन्छ । चट्टानै चट्टानले भरिएको हाम्रो देशमा विज्ञहरु हुनुहुन्छ उहाँहरुले एक लेबलको अध्यन गरेर कुन ठाउँमा उहाँहरुलाइ फेरीपनि भूकम्प आउँदा क्षती नपुग्ने हिसाबले निर्माण गर्नका लागि उहाँहरुले यो विषयमा सोच्नुपर्छ जस्तो लाग्छ । 

भूकम्प प्रभावित क्षेत्रमा स्थलगत रुपमा पुग्दै गर्दा कुनै बिर्सन नसकिने त्यस्ता दृश्य भेटाउनु भयो ? 

२०७२ सालको भूकम्प पनि हेरेको हो । तर, पनि कतिपय कुराहरु कस्तो छ भने हामीले बनाउदै गरेका विकास निर्माणका कुराहरुमा कहाँ बनाउदा ठिक हुन्छ । बस्तिबाट कति टाढा बाटोघाटो लिनुपर्छ । अथवा बस्ति नजिकै हामीले क्रस उद्योगहरु राख्ने नराख्ने हुन सक्छ । बसित नजिकै हामीले चाहिँ विद्युतको टान्समिटर राख्ने नराख्ने भन्ने कुराहरु र बसाइ व्यवस्थापन र हामीले नयाँ विकास निर्माण गर्दै गर्दा बस्तिबाट कति टाढा बनाउने भन्ने कुराहरु ख्याल गर्न आवश्यक छ ।  
 

 

प्रतिक्रिया