भकारो सुधारका लागि रहफमा सिमेन्ट बितरण
अछाम – अछामको तुर्माखाँद गाउँपालिका भकारो सुधारका लागि सिमेन्ट बितरण गरिएको छ । डीसिय नेपालको साझेदारीमा सोसेक नेपालद्धारा तुर्माखाँद -१ रहफका २७ जना किसानलाई बितरण गरिएको हो ।
शान्ति भैरब कृषक समुहका १३ जना र माछालोट बहुउद्देश्यीय कृषि तथा पशुपन्छी पालन कृषक समुहका १४ जना गरि जम्मा २७ जना किसानलाई बितरण गरिएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द माझीले बताउनुभयो ।
उहाँका अनुसार गाईबस्तुको पिसाब संकलन गर्न भकारो सुधारको लागि प्रत्येक कृषकहरुलाई ५ /५ वटा का दरले १३५ बोरा सिमेन्ट १ नम्बर वडा सदस्य मान बहादुर शाहिको अध्यक्षतामा वितरण गरिएको माझीले बताउनुभयो ।
भकारो सुधारले रहफका किसानका् जीवनस्तरमा परिवर्तन हुने वडा सदस्य मान बहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, 'सोसेक नेपालले साँच्चिकै किसान दाजुभाइको जीवनस्तर सुधाका लागि ठुलो सहयोग गरेको बताउनुभयो । यस्ले कृषकको आयआर्जनमा वृद्धि विकास हुनेछ', उहाँले भन्नुभयो ।
सोसेक नेपालले अछामको तुर्माखाँद गाउँपालिका १ रहफका समुहलाई पनि सोसेक नेपालबाट नमुना गाउँको रुपमा कार्यक्रम राखेको समेत कृषि प्राबिधिक माझी बताउनुहुन्छ ।
उहाँका अनुसार यो कार्यक्रमले कृषकहरुलाई लाभ हुने छ । विशेष गरि त उहाँहरुलाई झोल मल बनाउनको लागि र खेतबारिमा प्रयोग गर्नको लागि बढि सहयोग पुग्ने उहाँ बताउनुहुन्छ ।
प्रतिक्रिया