दक्ष जनशक्ति परिचालन गरेर आवास निर्माण गरिनुपर्छ : सांसद राना

दक्ष जनशक्ति परिचालन गरेर आवास निर्माण गरिनुपर्छ : सांसद राना

गत कात्तिक १७ गतेको भूकम्पले घर बस्न योग्य नरहेपछि जाजरकोट भूकम्पका प्रभावितहरू पालमुनि बस्दै आएका छन् । अस्थायी आवास पर्याप्त मात्रामा बन्न नसक्दा भूकम्पपीडितहरूको त्रिपालमै मृत्यु हुने क्रम बढेको छ । बढ्दो चिसो र असुरक्षित त्रिपालमुनिको बासले वृद्ध वृद्धा, सुत्केरी र बालबालिकामा  बढी समस्या देखिन थालेको छ  । चिसो बढ्दै जाँदा दीर्घरोगीहरु थप पीडामा छन् । अहिले पनि दुर्गमका वडाहरुका भूकम्प प्रभावितहरुले राहत पाउन सकेको अवस्था छैन । राहतहरु खानको लागि गइरहेको छ । ओढ्ने ओछ्याउनको लागि पनि अलिकति बल्याङकेट छ । तर शरिरमा लगाउने लुगाहरु छैन । त्यो पनि एकदमै समस्या छ । यसै सन्दर्भमा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा स्थलगत रुपमा राहत सामाग्रि लिएर पुग्नुभएको नेपाली कांग्रेस  केन्द्रीय सदस्य एवंम प्रतिनिधिसभा सांसद सीता कुमारी रानासँग ज्वाला सन्देश डटकमले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

भूकम्प प्रभावित क्षेत्रमा स्थलगत रुपमा तपाईँ त्यहाँ पुग्दै गर्दा त्यहाँको अहिलेको अवस्था कस्तो पाउनुभयो ? 

कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा भूकम्पको कारणले गर्दा मानविय र भौतिक क्षती भयो । स्थलगत रुपमा म त्यहाँ पुग्दा मेरो दृष्टिकोणमा तुरुन्त उचित आवासको व्यवस्था हुनुप्रर्छ ।अहिले चिसो पनि छ । भत्किएर जाने र मृत्यु भएर जाने गइसके र पुरै भत्किन नसकेका घरहरु पनि ढलेका छैनन् र बस्न लायक पनि छैनन् । त्यो हिसाबले मानिसहरुलाई मानसिक रुपमा टचर भएका कारणले पनि त्यहाँका पीडितहरुलाई मनोबिर्मर्शकर्ताको आवश्यक रहेको छ । जस्ले उहाँहरुलाई काउन्सेलिङ पनि गर्नुपर्छ । मानिसहरु आपविपदमा परेका बेला पनि सम्झाइ दिने मान्छे छैनन् । उहाँहरुको घाउमा मलम लगाउन र सान्त्वना दिनको लागि पनि उहाँहरुलाई मनोबिर्मर्श कर्ताको आवश्यक छ । अर्को कुरा तत्काल त्यहाँको आवश्यक भनेको अहिले त्यहाँ प्रसस्त रुपमा राहत उपलब्ध भएका छन् । अहिले त्यहाँ धेरै जसो दिर्घ रोगीहरुको औषधीहरु पुरिएको छ । डाक्टरले लेखेको कागजात पनि सबै पुरिएको अवस्था  छ । कुन औषधी खाने भन्ने कुरा पनि उहाँहरुलाई जानकारी छैन । चिसो बढ्दै आएको छ । चिसोको कारणले धेरैको ज्यान पनि गइसकेको छ । अहिले नेपाल सरकारले तुरुन्त त्यहाँ बस्नको लागि त्यहाँको जनतालाई नेपाल सरकारले बचाउन चाहन्छ भने र त्यहाँका  जनताको माया छ भने पुननिर्माण गरेर आवासको व्यवस्था गरिनुपर्छ । पालका टहराहरु छ । त्यस्मा नत आगो बाल्न मिल्छ नत तातोगरी बस्न नै मिल्छ । पालबाट शितहरु चुहिएको हुन्छ । जस्ले गर्दा उहाँहरुलाई समस्या छ । 

अर्को कुरा तत्काल त्यहाँको आवश्यक भनेको अहिले त्यहाँ प्रसस्त रुपमा राहत उपलब्ध भएका छन् । अहिले त्यहाँ धेरै जसो दिर्घ रोगीहरुको औषधीहरु पुरिएको छ । डाक्टरले लेखेको कागजात पनि सबै पुरिएको अवस्था  छ । कुन औषधी खाने भन्ने कुरा पनि उहाँहरुलाई जानकारी छैन । चिसो बढ्दै आएको छ । चिसोको कारणले धेरैको ज्यान पनि गइसकेको छ । अहिले नेपाल सरकारले तुरुन्त त्यहाँ बस्नको लागि त्यहाँको जनतालाई नेपाल सरकारले बचाउन चाहन्छ भने र त्यहाँका  जनताको माया छ भने पुननिर्माण गरेर आवासको व्यवस्था गरिनुपर्छ ।

त्यहाँ पुग्दै गर्दा बाहिरबाट राहत प्रस्त रुपमा जिल्लामा पुगेको छ भन्ने छ तर, त्यस्मै राजनीति भएको भन्ने पनि सुनिन्छ साच्चिकै प्रभावितहरुले राहत पाएका छन् की छैनन् ? 

नेपाल सरकारले एकद्धार प्राणाली गर्ने भनेको छ । त्यहाँ केही सिस्टममा पनि देखिन्छ । तर, राहतहरु अझै पनि जिल्लामै जम्मा भएको देखिन्छ । जम्मा भएको राहत पनि मिसयुज भएको होकि भन्ने गरेको छु । किन भने राहतहरु सदरमुकाममा पुगेको छ तर, के हो भने सदरमुकामबाट त बोकेर लिनुपर्छ ।

राहत लैजानको लागि ट्याक्टर प्रयोग गर्नुपर्छ । ट्याक्टर प्रायोग गर्न पैसा चाहिन्छ त्यही पैसा चाहिने भएकै कारणले पनि त्यो राहत त्यही थुप्रिएको देखिन्छ । राहत पुग्नै पर्ने ठाउँमा पुगेकै छैन । धेरै टाढाका वडाहरुमा पुग्नुपर्ने जस्तै कुशे गाउँपालिकाको ८ देखि ७ नम्बर सम्म त्यहाँ पनि पुग्न सकेको छैन । जुनीचाँदे गाउँपालिकाकामा पनि पुगेको अवस्था छैन ।

नलगाड नगरपालिकामा पनि त्यहाँका दुर्गम वडाहरुमा पुग्न सकेको अवस्था छैन । त्यस्तो अवस्थामा त्यहाँका जनप्रतिनिधि र राजनीतिक दलहरुले पनि कुन ठाउँमा बढी क्षती भएका ठाउँमा र तेरो मेरो भन्दा पनि मानविय रुपमा जहाँ समस्या छ त्यहाँ समाधान गर्नुपर्ने हो तर, मैले त्यहाँका क्षेत्रहरुमा प्रत्यक्ष बुझदा सुनेको के हो भने राहत चाहीँ छ तर, फलानोलाई त्यहाँ लिएर दिदेउ है भन्ने पनि देखेको छु । तर, त्यस्तो होइन जस्ले राहत लिएको छ उसैले नै त्यो ठाउँमा पुर्र्याउनुपर्छ भन्ने लाग्छ ।

अहिलेको त्यहाँको तत्कालको आवश्यक्ता के छ ? 

राहतहरु खानको लागि गइरहेको छ । ओढ्ने ओछ्याउनको लागि पनि अलिकति बल्याकेट छ । तर शरिरमा लगाउने लुगाहरु छैन । त्यो पनि एकदमै ससमस्याको कुरा छ । अर्को कुरा घर पनि छैन । घरमा बस्ने अवस्था पनि छैन । रोजगारी पनि केही छैन । जस्कारण महिलाहरु आत्महत्याको बाटो रोज्न सक्ने अवस्था छ ।

त्यहाँको अहिलेको आवश्यक्ता भनेको के हो भने अहिले चिसो बढ्दो छ । चिसो बढेको कारणले गर्दा महिला, बालबालिका र दिर्घ रोगी वृद्ध वृद्धाहरुलाई निकै अफ्ठेरो भएको अवस्था छ । उहाँहरु महिला बालबालिका र बुढाबुढी हुनुभयो तर, उमेर भएका छोराबुहारीहरुलाई व्यवस्थापन गर्न अप्ठेरो भएको अवस्था छ । राहतहरु खानको लागि गइरहेको छ । ओढ्ने ओछ्याउनको लागि पनि अलिकति बल्याकेट छ । तर शरिरमा लगाउने लुगाहरु छैन । त्यो पनि एकदमै ससमस्याको कुरा छ । अर्को कुरा घर पनि छैन । घरमा बस्ने अवस्था पनि छैन । रोजगारी पनि केही छैन । जस्कारण महिलाहरु आत्महत्याको बाटो रोज्न सक्ने अवस्था छ । गाउँमा बहुबिवाह, बालबिवाह भएका छन् दिमागमा परिपक्व सोच छैन । त्यस्मा थपियो यस्तो समस्या रोजगारी नभएपछि झन नाजुक छ । त्यस कारण पनि उहाँहरु आत्महत्याको बाटो रोज्न सक्ने देखिन्छ । त्यसैले पनि त्यहाँको त्यस्तो अवस्था देखेर केही साइको सोसेल काउन्सेलर बहिनीहरुलाई त्यहाँ जानुस भनेर पाएको छु । अहिले बालबालिकाको पनि पढन पाठन प्रभावित भएको छ । विद्यालयहरु भत्किएका छन् । स्वास्थ्य चौकीहरु पनि सबै गइसकेका छन् । पढ्नको लागि पनि बालबालिका त्रसित भइरहेका छन् । सहजै विद्यालय जान सकिरहेको अवस्था पनि छैन ।  घरमा समयमै तयार गरेर विद्यालय पठाउने बाताबरण पनि छैन । त्यसैले अभिभावक पनि त्रसित भएको अवस्था छ । अहिले बतात्कारका घटना पनि भएको भन्ने सुनिन्छ । कतै यस्ले पनि प्रसय लैजान्छकी भन्ने डर लागेको छ । यस्को जोखिम पनि बढ्दै गइरहेको छ । यस्तो विपदको समयमा जे पनि हुन सक्छ । यसबेला जे जसरी पनि मानवियता र सम्बेदनशिलता गुमाउन सक्ने अवस्था पनि छ । यस्तो अवस्थामा चलखेल गरेर त्यहाँका बालबालिकाहरु बाहिर ओसारपसार हुन सक्ने पनि सम्भावना छ । यस्तो कदम रोक्नका लागि नेपाल सरकारले तत्काल त्यस्ता कदमहरुमा निगरानी बढाउन आवश्यक छ । 

घर टहरा निर्माणको अवस्था कस्तो पाउनुभयो ?

घर टहरा निर्माणको सन्दर्भमा पार्टी नेतृत्वले पनि घर टहरा बनाइहेको अवस्था छ । उहाँहरुले बनाउदै गर्दा उहाँहरु दक्ष मिस्त्री हैन । दक्ष नभएको कारणले उहाँहरुले ठोकेको किलाकाटा सही ठाउँमा पुगेन भने पनि भत्किएर मानविय क्षती हुन सक्छ । खामाहरु राम्रोसँग गाड्न सकेनौ, भने पनि त्यस्ले पनि समस्या निम्त्याउन सक्छ । त्यो हिसाबले पनि नेपाल सरकारले सशस्त्र प्रहरी बल र नेपाल आर्मीलाई खटाएर घर टहराको पुननिर्माण गर्नक लागि तुरुन्त कदम चाल्न एकदमै आवश्यक छ ।

दक्ष नभएको कारणले उहाँहरुले ठोकेको किलाकाटा सही ठाउँमा पुगेन भने पनि भत्किएर मानविय क्षती हुन सक्छ । खामाहरु राम्रोसँग गाड्न सकेनौ, भने पनि त्यस्ले पनि समस्या निम्त्याउन सक्छ ।

दिर्घकालिन रुपमा पुननिर्माणका लागि सरकारले कस्तो कदम चाल्नुपर्ला ?  

दिर्घकालिन रुपमा पुननिर्माणका लागि सरकारले सबै ठाउँको डाटा जम्मा गर्नुपर्छ । डाटा जम्मा गरिसकेपछि ठाउँहरु खोजेर उहाँहरुलाई बसाइसराइका कुराहरु र कुन ठाउँमा राख्दाखेरी एकृकित बस्तिहरु बसाल्न सकिन्छ अध्यन गर्नुपर्छ । हामीले विकास दिने कुराहरुमा पनि पानी बत्ति, विद्युतको पहुँच छ कि छैन त्यस्ता कुराहरुलाई हेर्न सक्यो भने मात्र नेपाल सरकारले त्यस्तो ठाउँमा ठुलो घर हालेर सम्पन्न हुन्छ भन्ने होइन । नेपालमा भूकम्प बेला बेला गइरहन्छ । चट्टानै चट्टानले भरिएको हाम्रो देशमा विज्ञहरु हुनुहुन्छ उहाँहरुले एक लेबलको अध्यन गरेर कुन ठाउँमा उहाँहरुलाइ फेरीपनि भूकम्प आउँदा क्षती नपुग्ने हिसाबले निर्माण गर्नका लागि उहाँहरुले यो विषयमा सोच्नुपर्छ जस्तो लाग्छ । 

नेपालमा भूकम्प बेला बेला गइरहन्छ । चट्टानै चट्टानले भरिएको हाम्रो देशमा विज्ञहरु हुनुहुन्छ उहाँहरुले एक लेबलको अध्यन गरेर कुन ठाउँमा उहाँहरुलाइ फेरीपनि भूकम्प आउँदा क्षती नपुग्ने हिसाबले निर्माण गर्नका लागि उहाँहरुले यो विषयमा सोच्नुपर्छ जस्तो लाग्छ । 

भूकम्प प्रभावित क्षेत्रमा स्थलगत रुपमा पुग्दै गर्दा कुनै बिर्सन नसकिने त्यस्ता दृश्य भेटाउनु भयो ? 

२०७२ सालको भूकम्प पनि हेरेको हो । तर, पनि कतिपय कुराहरु कस्तो छ भने हामीले बनाउदै गरेका विकास निर्माणका कुराहरुमा कहाँ बनाउदा ठिक हुन्छ । बस्तिबाट कति टाढा बाटोघाटो लिनुपर्छ । अथवा बस्ति नजिकै हामीले क्रस उद्योगहरु राख्ने नराख्ने हुन सक्छ । बसित नजिकै हामीले चाहिँ विद्युतको टान्समिटर राख्ने नराख्ने भन्ने कुराहरु र बसाइ व्यवस्थापन र हामीले नयाँ विकास निर्माण गर्दै गर्दा बस्तिबाट कति टाढा बनाउने भन्ने कुराहरु ख्याल गर्न आवश्यक छ ।  

प्रतिक्रिया