ठाटीकाँधमा एकीकृत शत्रुजीव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

ठाटीकाँधमा एकीकृत शत्रुजीव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

ठाटीकाँध -   ठाटीकाँध गाउँपालिकामा कृषक समुहका सदस्यहरुलाई दुइदिने तालिम सम्पन्न भएको छ  । दैलेखको ठाटीकाँध गाउँपालिकावडा नम्बर ६ का दलित महिला कृषक समुहका सदस्यहरुलाई एकीकृत शत्रुजीव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

 एइ आईएन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वय सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको आयोजनामा सम्पन्न भएको हो । ठाटिकाध गाउँपालिका -६ स्थित गठित दलित महिला कृषक समुहका सदस्य लाई दुइ दिने एकीकृत शत्रु जीव व्यवस्थापन तालिम दिएको छ ।

 २३ कृषकको सहभागितामा सम्पन्न भएको हो  । उक्त  तालिममा एकीकृत शत्रुजीवको परिचय महत्व सिद्धान्त  र तरकारी  बालिमा लाग्ने मित्र जीव र सत्रु जीवको पहिचान गर्ने विधिवारे छलफल समेत भएको थियो । साथै झोलमल काउली बन्दा टमाटर को प्रयोगात्मक विधिद्धारा सिकाउने कार्य समेत गरिएको थियो । 

प्रतिक्रिया