रुढीवादी कुसंस्कारले मानव अधिकार प्रत्याभूतीमा वाधा : सोसेक

रुढीवादी कुसंस्कारले मानव अधिकार प्रत्याभूतीमा वाधा : सोसेक
सुन्नुहोस्

दैलेख - सन् १९४८ डिसेम्बर १० तरिकका दिन जारी भएको विश्वव्यापी मानव अधिकार घोषणापत्रले हरेक व्यक्तिका लागि विश्वव्यापक, अविभाज्य, समानता, अविभेद, समावेशी, अहस्तान्तरणीय मानव अधिकार प्रत्याभूती गरिएको ७५ वर्ष पूरा भएको छ । 

मानव अधिकार प्रत्याभूती र शान्ति प्रवद्र्धनका क्षेत्रमा संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरुलाई नैतिक बन्धनकारी मानिने विश्वव्यापी मानव अधिकार घोषणापत्र जारी भएको दिनलाई हरेक वर्ष डिसेम्बर १० तारिकलाई विश्व मानव अधिकार दिवसको रुपमा मनाउने गरिन्छ । 

विश्व मानव अधिकार दिवसको यो अवसरमा सोसेक नेपालले प्रेस विज्ञप्ती जारी गर्दै सबैलाई मानव अधिकार प्रत्याभूती निम्ति चेतना अभिबृद्धिमा ठोस् काम गर्न सरकारका निकायहरुसंग आग्रह गर्दै विभेद र असमानतामा परेकाहरुलाई आफूलाई परेको पीर मर्का बोल्न सक्ने पीडितहरुमा आँट पैदा होस्  भन्दै शुभकामना दिएको छ । 

विश्वव्यापी मानव अधिकार घोषणापत्र जारी भएको ७५ वर्ष भइसक्दा पनि नेपालमा सचेतनाको अभाव, सामाजिक कुरीति, कुचलन र रुढीवादी संस्कारका कारण लैंगिक विभेद, जातीय विभेद, अपाङ्गता भएकाहरुलाई गरिने व्यवहार वा महिला भएका कारण छाउपडी प्रथा, बहुविवाह लगायतका घरेलु हिंसा खेप्न वाध्य भइरहेको विज्ञप्तीमा उल्लेख छ ।

जातजाति, भाषा, धर्म, रंग, लिंग, राष्ट्रियता, उत्पति, सामाजिक र आर्थिक स्थिति वा राष्ट्रिय सीमा आदिको भेदभाव गर्न नहुने, प्रत्येक नागरिकको मानव अधिकारको सम्मान, संरक्षण र परिपूरण गर्नु राज्यको दायित्व हुने, मानव अधिकारको सिद्धान्त, विश्वव्यापक, अविभाज्य, समानता, अविभेद, समावेशी, अहस्तान्तरणीय र विधिको शासन जस्ता मानव अधिकार प्रत्याभूती अभ्यास याे घोषणापत्र जारी भएपछि सम्भव भएको मानिन्छ ।  


 

प्रतिक्रिया