ठाटीकाँधमा विद्यालय व्यवस्थापन सम्बन्धी तालिम संचालन
ठाटीकाँध – दैलेखको ठाटीकाँध गाउँपालिकामा दुइदिने विद्यालय व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । ।
ए.इ. आई.एन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वय सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको आयोजनामा आजदेखि सुरु भएको हो ।
तालिममा ठाटीकाँध गाउँपालिकाका सात वटा विद्यालयका २१ जना विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सचिव, महिला सदस्यहरुको सहभागिता रहेको छ । दुइदिने तालिमको सहजिकरण गोबिन्द कोइराला र मिलन विश्वकर्माले गर्नु भएको छ । दुइदिने तालिम भोलीसम्म संचालन हुने बताइएको छ ।
प्रतिक्रिया