दलितलाई वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक पक्राउ
मोरङ – उर्लावारी नगरपालिका–१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दासलाई दलित भएकै कारण विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई आइतबार गते पक्राउ गरेको छ ।
शोभालाई दलित भएको भन्दै वृद्धाश्रमले राख्न अस्वीकार गरेपछि पीडितले वृद्धाश्रम र वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायविरूद्ध बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि े पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन दाहालले बताउनु भयो ।
सन्तान विहीन शोभा उर्लावारीमा अलपत्र अवस्थामा बस्दै आउनु भएको थियो, मङ्सिर १४ गते उर्लावारी नगरपालिका–१ वडा कार्यालयबाट शोभालाई वृद्धाश्रममा राख्नका लागि सिफारिससहित लिएर आउँदा वृद्धाश्रमले दलित भएको भन्दै राख्न अस्वीकार गरेको उर्लावारी नगरपालिका–१ की वडासदस्य टीका भुजेलले बताउनु भयो ।
शोभा दलित भएको भन्ने थाहा पाएपछि, दलितलाई राखे वृद्धाश्रममा अरू बस्दैनन् भनि वृद्धाश्रमले मङ्सिर १४ गते फिर्ता गरेको वडासदस्य शोभाले बताउनु भयो । वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायले भने शोभाले लगाएको आरोप खण्डन गर्नु भएको छ । आचार्यले दलित भएकै कारण शोभालाई नराखिएको होइन, वृद्धाश्रम साँघुरो भएको र भरिएकाले शोभालाई नराखिएको बताउनु भएको छ ।
प्रतिक्रिया