तुर्माखाँदमा च्याउ उत्पादन सम्बन्धि तालिम सम्पन्न
तुर्माखाँद – अछामको तुर्माखाँद गाउँपालिकामा च्याउ उत्पादन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । डीसिय नेपालको साझेदारी तुर्माखाँद गाउँपालिकाको समन्वय सोसेक नेपालको आयोजनामा तुर्माखाँद गाउँपालिका १ रहफका कृषक समूहका कृषकहरुलाई तालिम दिएको हो ।
शान्ती भैरव कृषक समूह र माछालोट बहुउद्देश्यीय कृषि तथा पशुपन्छि पालन कृषक समुहका कृषकलाई च्याउ उत्पादन सम्बन्धि तालिम आइतबार सम्पन्न भएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द माझीले बताउनुभयो । उहाँका अनुसार तालिममा १५ जनाको सहभागिता रहेको थियो ।
उहाँका अनुसार च्याउ उत्पादन सम्बन्धि तालिममा १५ जना कृषकहरुहरुको सहभागीता रहेको थियो । तालिममा सहभागी भएका कृषकलाई च्याउमा लाग्ने रोग, च्याउको बिउ, बीउ हाल्ने सम्बन्धि, र च्याउ खेतिका लागि प्लाष्टिक पोखरी निर्माण, पराल काट्ने, पराल भिजाउने, च्याउ खेतिका लागि घर निर्माण गर्ने सम्बन्धी तरिकाबारे अभ्यास गराइएको थियो । तालिमको सहजिकरण प्रशिक्षक लिलाराम ढकालले गनुभएको थियो ।
प्रतिक्रिया