हाम्रै घर वरिपरि पैसा छ तर, टिप्न अल्छि गरिरहेका छौँ : सांसद राना
सुर्खेत – प्रतिनिधि सभा सांसद सीता कुमारी रानाले हाम्रो घर वरिपरि नै पैसा फलेको तर, टिप्नलाई अल्छि गरिरहेको बताउनुभएको छ । बुधवार अछामको तुमाँखाँद गाउँपालिका वडा नम्बर १ रहफमा आयोजना गरेको भेटघाट् कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । साथै उहाँले पहिले अछाम जिल्लाको रहफ दुर्गम रहेको र अब सुगममा परिणत हुँदै गरेको बताउनुभयो ।
बाटोघाटो घर नजिकै पुगेको छ', उहाँले भन्नुभयो, 'हाम्रो घरनजिकै आएका बाटोघाटोको हामीले सही सदुपयोग गर्न सक्नुपर्छ । अब हामीले बाटोलाई आय आर्जनसँग जोड्न सक्नुपर्छ ।'
‘म हेर्छु पुरानो कुराहरु अहिले चामलको सिजन हो चामलको सिरौँला बनाएर विक्रि गर्न सकिन्छ । सातु बनाउनुस । घरमा पराल प्रस्त पाइन्छ परालको गुन्द्री र चकटी बनाउनुस त्यस्कै माग धान्न हम्मे हुन्छ ।’ सिस्नोको पाउडर बनाएर विक्रि गर्नुस त्यही कुराबाट कति पैसा आउँछ आउँछ । तर हामीले त्यो कामहरु गर्न अल्छि मानिरहेको उहाँले बताउनुभयो । हाम्रो घर नजिकै सबै कुराहरु छ,’उहाँले भन्नुभयो, ‘सबै कुराहरु हुँदा हुँदै पनि हामीले अल्छिले पैसा टिप्न सकिरहेका छैनौँ ।’
साथै उहाँले पहिले अछाम जिल्लाको रहफ दुर्गम भनेर हेर्ने दृष्टिकोण थियो तर, अहिले त्यो दृष्टिकोट परिर्वतन हुन थालेको बताउनुभयो । पहिले दुर्गम भनेर हेपिएर पछाडी परेको रहफ अब सुगममा परिणत हुँदै गरेको उहाँको भनाई छ । डुंगेश्वरबाट अछाम जाने पुलको काम हुँदैछ त्यो पुल निर्माण भएमा अछाम जिल्लाको रहफलाई हेर्ने दृष्टिकोण नै परिर्वतन हुने बताउनुभयो ।
रहफमा सबै नेताहरु नपुग्ने अवस्था पिछडीएको भनेर अपहेलित गर्ने हुन्थ्यो र अहिले बाटो घाटो पुगेपछि र पुल बन्ने भएपछि सुगममा परिणत हुँदै गरेको यहाँका स्थानीयले बताएका छन् ।
भेटघाट कार्यक्रममा बोल्दै सांसद रानाले संकट वा भूकम्पले नत गरिब भन्छ नत धनि भन्छ यस्ता विपदजन्य घटनाहरुबाट बच्नका लागि पुर्व तयारी अपनाउनुपर्ने समेत उहाँले बताउनुभयो । अहिले जाजरकोट र कुम पश्चिमको विपदलाई सम्झिदै उहाँले करोडपतिलाई पनि रोडपति बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले विवनभर कमाएको पैसाले एउटा घर बनाउँछौँ । त्यो मन्दिरको रुपमा घर बनाउँछौँ । तर त्यही घर हाम्रा लागि चिहान हुन्छ भन्ने कुरा हामी कल्पना गर्दैनौँ । घर बनाउदा राम्रोसँग दक्ष मिस्त्रीद्धारा बनाएनौँ जस्ले गर्दा मन्दिर चिहान हुन पुग्यो । त्यसैले हामीले सबै कुरामा ध्यान दिनुपर्छ ।’
साथै उहाँले पहाडको घरहरुमा भूकम्पको समस्या हुन सक्ने बताउँदै महत्वपुर्ण कागजातहरु भूकम्प आएपनि तत्काल बाहिर निस्कनसक्ने गरि तयार अवस्थामा राख्नुपर्ने भन्दै उहाँले सचेत गराउनुभयो । जाजरकोट र रुकुमपश्चिममा जस्तै समस्या यहाँ नआउला भन्न सकिन्न, उहाँले भन्नुभयो, हामी नेपालीकोे घर भनेको माथि हामी बस्ने तल गाई गोरु बाँध्ने न हो । धनि भने पनि गरिब भने पनि । त्यसैले हामी समयमै सचेत हौँ ।’
अब हामीले सिस्टम बुझ्न आवश्यक छ । हामीले दिएका योजनाहरु बुझ्न सकेनौँ भने त्यो हामीलाई नै भारी पर्न सक्ने बताउनुभयो । बाटो घाटो आएको छ तर, तपाइँ हामीले उताबाट गाडी आइरहेको छ,’ उहाँले भन्नुभयो, ‘हर्न बजाइरहेको छ तर, हामीले सुन्दैनौँ । ड्राइभरले राम्रोसँग चलाएर लैजानुप¥यो नी भनेर हामीले बाटो छोड्न मान्दैनौँ । तर,गाडी एउटा मेसिन हो । नटबलका आधारमा हिडेको गाडी पल्टियो भे पनि त्यसबाट ठुलो नोक्सानी हुन सक्छ ।’
विकासको विनास पनि छ । बत्तीका पोलहरु आएका छन् त्यसबारे बालकालिकालाई थाहा छैन । भोली दुर्घटना हुन सक्छ । त्यसैले अब स्थानीय पाठ्यक्रममा यस्ता कुराहरु उल्लेख गर्नुपर्ने उहाँले बताउनुभयो । अब विद्यालय पाठ्यक्रममा बत्तीको नजिक गए करेन्ट लाग्छ । बाटो नजिक बस्न हुँदैन भन्ने कुराहरु लगायत शिक्षा स्वास्थ्यका कुराहरु पाठ्यक्रममा राख्न जरुरी रहेको उहाँको भनाई छ ।
त्यस्तै अछामका प्रतिनिधि सभा सांसद पुष्कर शाहले संघिय सरकारबाट हुने योजनाहरु जनताको आवश्यक्ता अनुसार संघिय सरकारलाई अनुरोध गर्ने बताउनुभयो । साथै उहाँले छनोट भएका योजनालाई तोकिएकै ठाउँमा निर्माण हुने कुरा उहाँले बताउनुभयो । बोल्दै उहाँले यस्तो बताउनुभयो ।
प्रतिक्रिया