बालमैत्री स्नेही केन्द्रका सहजकर्तालाई अभिमुखिकरण कार्यक्रम
निर्मल अधिकारी,
रुकुमपश्चिम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकामा सञ्चालित बालमैत्री स्नेही कक्षाका सहजकर्ताहरुको लागी १ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
भुकम्प प्रभावित क्षेत्रका बालबालिकाहरुको सिकाइलाई निरन्तरता दिनका लागि युनिसेफ र सोसेक नेपालको साझेदारीमा उक्त बालमैत्री केन्द्र सञ्चालन गरिएको छ ।
बालमैत्री केन्द्रका सहजकर्ताहरुको क्षमता विकास गर्नुका साथै केन्द्रमा वालमैत्री वातावरणको सिर्जना गर्न र सिकाईलाई प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको सोसेक नेपालका कार्यक्रम निर्देशक हीरासिह थापाले बताउनुभयो ।
भुकम्पले बालबालिकाको सिकाईलाई प्रभावित गरेको र बालबालिकाको मनमा डर त्रासहरु सिर्जना भएका बताउनुभयो । कसैले आफना अभिभावक गुमाएका छन, कसैले साथी भाई गुमाएका छन्, उहाँले भन्नुभयो, आफन्तसँगको विछोड पिडादायी हुने भएकाले उक्त पिडालाई कम गर्न सिकाई केन्द्रले सहयोग गर्ने छ ।
भुकम्प प्रभावित परिवारलाई राहत, पुनस्र्थापना तथा सहयोग पछि उनीहरुको जिवन सामान्य अवस्थामा फर्काउन सामाजिक परिचालनको भूमिका महत्वपूर्ण हुने थापाले बताउनुभयो । बालमैत्री केन्द्रमा सहभागी बालबालिका, उनका परिवार र समाजको लागि मनोसामाजिकबिमर्श लगाएतका कार्यक्रमहरु सञ्चालन गरेका छौँ, जसले गर्दा भुकम्प प्रभावित बालबालिका र परिवारलाई सामान्य जिवन यापनका लागि सहयोग गर्नेछ', उहाँले भन्नुभयो ।
परिवार र समाजमा भुकम्पको त्रास अझै पनि कायम रहेको हुँदा सामाजिक परिचालन मार्फत उक्त पिडालाई कम गर्न सहयोग गर्नुपर्ने सहजकर्ता र स्वयंसेवकहरुलाई थापाले आग्रह गर्नुभएको छ । यो विपदको समयमा बालबालिकामाथि विभिन्न प्रकारका हिंसाहरु हुन सक्छन्', उहाँले भन्नुभयो, 'विपद पछि आर्थिक अभाव र पारिवारिक विखण्डनका कारण बालबाविवाह, मानव वेचविखन तथा ओसार पसार र बालश्रम जस्ता समस्याहरु बालबालिकामा देखिने भएको हुँदा यस्ता समस्या आउन नदिन सम्बन्धित निकाय चनाखो रहन अनुरोध छ ।
अभिमुखिकरण कार्यक्रममा सहजकर्ता र स्वयंसेवकहरुको भुमिकाका बारेमा छलफल गरिएको थियो । विचार, भावना, धारणा र संवेगहरुले गर्दा मनमा परिवर्तन आउन सकने भएकाले विपदको समयमा हरेक व्यक्तिको मनोभावना अनुसार काम गर्नपर्ने शसि पाण्डेको भनाई थियो । उहाँले भन्नुभयो, 'हरेक व्यक्तिको स्वास्थ्यमा विभिन्न तत्वहरुले काम गरिरहेका हुन्छन । घरपरिवार, समुदाय, विद्यालय, कार्यस्थल, साथी, छरछिमेक सामाजिक तथा साँस्कृतिक क्रियाकलापहरु र नीति नियमले प्रभाव पार्दछ ।'
त्यसैगरी मनोसामाजिक समस्याले शरीर, व्यवहार, सम्बन्ध र मनमा समेत असर गर्ने उहाँको भनाई थियो ।
हरेक व्यक्तिले गर्ने दैनिक क्रियाकलाप परिवर्तन भएमा वा आफनो दैनिक कार्यतालिकामा रुचि नआएमा पनि मनोसामाजिक समस्या हुन सक्छ । यसले गर्दा मान्छेको मन, शरीर, व्यवहार र सम्बन्धमा फरक पार्दछ । व्यक्तिको सोचाई, भावना, व्यवहार र सम्बन्धको बारेमा हामीले पिडित परिवारलाई बुझाउन सक्यौ भने मानेसामाजिक समस्याको समाधान गर्न सकिने पाण्डेको भनाई थियो । हरेक समस्यालाई व्यक्तिले कसरी प्रस्तुत गर्दछ भन्ने कुराले उसको मनोसामाजिक समस्या पत्ता लगाउन सहज हुने उहाँको भनाई थियो ।
विपदमा बालबालिकालाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सोसेक नेपालका निर्मल अधिकारीले जानकारी दिएका थिए । उनले थपे, विपदमा सबैभन्दा बढि प्रभावित बालबालिका हुनेगर्दछन । कोही प्रत्यक्ष त कोही अप्रत्यक्षरुपमा प्रभावित भएका हुन्छन् । कसैले ज्यान गुमाउछन त कसैले अभिभावक । अभिभावक गुमाउने बालबालिकाले समाजमा पुनस्र्थापित हुन निकै संघर्ष गर्नुपर्ने भएकाले उनीहरुका समस्या सही ढंगले उपयुक्त समयमा समाधान गर्नुपर्ने अधिकारीको भनाई थियो ।
कलिलो उमेरमा बालबालिकामाथी पर्ने मनोसाजिमक समस्याले उनीहरुको दिर्घकालिन जिवनमा समेत असर पर्ने भएकाले पनि बालबालिकाको लागि विशेष स्याहार तथा सहयोगको आवश्यक भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, बालबालिका भविश्यका कर्णधार हुन । भविश्यको सामाजिक संरचनाको जिम्मेवारी बालबालिकाको काधमा हुन्छ । यति महत्वपूर्ण जिम्मेवारी सम्हालेका बालबालिको जिवनमा सुधार ल्याउनु राज्यको जिम्मेवारी हो ।'
अभिमुखिकरण कार्यक्रममा मनोसामाजिक विमर्शकर्ता, बालमैत्री स्नेही केन्द्रका सहजकर्ता र स्वयंसेवकहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया