नेपाल जेसिजको रुपान्तरणको लागि अध्यक्ष पदमा शिल्पकारको उम्मेद्धारी
काठमाडौँ – नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा भक्तपुरकी रस्मि शिल्पकारले उम्मेद्धारी दिनुभएको छ । मंसिर २९ देखि पुस २ गतेसम्म बुटवलमा हुने ५० औँ राष्ट्रिय सम्मेलनमा शिल्पकारले उमेदवारी दिनुभएको हो ।
आफूमा कुनै लाभ लालच नभएर विशुद्ध जेसीजको गरिमालाई उचो राख्नका लागि आफुले उमेदवारी दिएको उहाँले बताउनुभएको छ । बाधाहरु तोड्दै बिरासत बनाउँदै नेपाल जेसिजको रुपान्तरणको लागि आफुलाई सहयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ । उमेरले ३६ वर्ष पुग्नुभएकी शिल्पकार २००९ मा भक्तपुर लेडि जेसिजमा शाखा सदस्य बन्नुभएको थियो ।
को हुन शिल्पकार
२००९ मा लेडि जेसिज भक्तपुर शाखा सदस्य बन्नु भएकि शिल्पकार सरल स्वभाव अनुभवि र मिजासिलो हुनुुहुन्छ । समाजको लागि केही राम्रो गर्नुपर्छ भन्ने हुटहुटी उहाँमा छ । २०१३ भक्तपुर लेडि जेसिज अध्यक्षमा निर्वाचित शिल्पकार २०१४ नेपाल जेसिज एरिसि तालिम संयोजक भएर काम गर्नुभएको भक्तपुर लेडि जेसिज सरु शिल्पकारले बताउनुभयो ।
२०१५ नेशनल लेडि एकेडेमी डिरेक्टर २०१६ नेपाल जेसिज नेशनल भाइस प्रेसिडेन्ट २०१७ मा नेपाल जेसिज को डेपुटी डिरेक्टको यतियासिमा बसेर काम गरेको अनुभव उहाँसँग छ । त्यस्तै २०१६ मै एसिया एकेडेमीबाट ग्राजुएट हुनुभएको थियो ।
त्यस्तै २०१८ नेपाल जेसिजका नेशनल (इभिपि ) । जापानमा जेसिआइ एकेडेमी जापानबाट ग्राजुएट हुनुभयो । २०१९ मा नेपाल जेसिज प्रशिक्षक प्रशिक्षकमा ग्राजुयट हुनुभयो । २०१९ बाट देशभरका विभिन्न शाखालाइ तालिम दिदै अनुभव बटुल्टै अहिले अध्यक्ष पदमा उम्मेद्धारी दिनुभएको छ ।
२०१९ देखि २०२३ सम्म नेपाल जेसिजका देशभरका विभिन्न शाखाहरुमा प्रशिक्षकका रुपमा तालिम प्रदान गर्दै आउनुभएको थियो । नेपाल जेसिजको लागि अध्यक्ष पदको लागि शिल्पकारसहित चार जनाको उम्मेद्धारी रहेको छ ।
प्रतिक्रिया