पालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

पालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

ठाटीकाँध –  दैलेखको ठाटीकाँध गाउँपालिकामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । 

गाउँपालिकाका ६ वटा वडाभित्र रहेका ६ वटा माध्यामिक विद्यालयका छात्र छात्रा खेलाडीहरु सहभागी प्रतियोगितामा भलिवल, कवड्डी लगाएत एथलेटिक्सका खेलहरु संचालन भएका थिए । 

गत मंसिर २८ गतेबाट ठाटीकाँध गाउँपालिका स्थित श्री कृष्ण माध्यामिक विद्यालयको खेलमैदानमा खेलहरु संचालन भएको ठाटीकाँध गाउँपालिका निमित्त प्रमुख प्रशाशकीय अधिकृत नेत्र थापाले बताउनुभयो   । उहाँका अनुसार ७ स्वर्ण, ५ रजत, ७ कास्य पदक सहित मालिका मालिका माध्यामिक विद्यालय पाँचला प्रथम, ६ स्वर्ण, ११ रजत, २ कास्य सहित श्री भवानी माध्यामिक विद्यालय बाहाकोट दोस्रो, ६ स्वर्ण, ४ रजत, ४ कास्य सहित कृष्ण माध्यामिक विद्यालय लकान्द्र तेस्रो स्थान हासिल गरेका थिए  ।

 राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत विभिन्न खेलमा विभिन्न पदक र स्थान हाँसिल गर्ने खेलाडीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफि वितरण गरिएको थियो ।

 कार्यक्रममा प्रमाणपत्र वितरणको अवसरमा बोल्दै ठाटिकाँध गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहीले खेलाडीहरुलाई बधाई तथा शुभकामना दिदै खेलकुद भनेको स्वास्थय र देशका लागि महत्वपुर्ण भएको र यस्का लागि गाउँपालिकाको तर्फबाट पुर्ण सहयोग हुने बताउनुभयो ।  एउटै पालिकाभित्रका विद्यालयबीच भएको प्रतिस्पर्धामा कसैको जित र कसैको हार हुँदैन', उहाँले भन्नुभयो,  'समग्रमा गाउँपालिकाको जित भएको छ र भोलिका दिनहरुमा समग्र शैक्षिक गुणस्तर र खेलकुदको विकासका लागि गाउँपालिबाट पुर्ण सहयोग समर्थन हुने प्रतिबद्धता छ ।'

त्यस्तै ठाटीकाँध गाउँपालिका उपाध्यक्ष देबि राम बडुवालले खेल क्षेत्र देशको सान र खेलाडी देशका गहना भएको भन्दै देशको शिर उच्च राख्ने खेल क्षेत्र र खेलाडीका लागि संघ प्रदेश र स्थानीय तहबाट आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।  

 खेलदकुमा विभिन्न स्थान हासिल गर्ने खेलाडीलाई वधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयस्तरमा मात्र नभएर गाउँपालिका स्तरबाट खेलाडीलाई हौसला र सहयोग प्रदान गर्नुपर्ने  ठाटिकाँध गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष दिक्पाल कुमार शाहीले बताउनुभयो ।  
कार्यक्रममा प्रमुख आतिथ्यता गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाही विशेष अतिथि जिल्ला खेलकुद विकास समिति अध्यक्ष गोपाल बिसी, ठाटीकाँध गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्र थापा, ठाटिकाँध गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष, दिक्पाल कुमार शाही लगायत अन्य अतिथिहरुको सहभागिता रहेको थियो । 

 

प्रतिक्रिया