प्रदेश अस्पताल सुर्खेतमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने

प्रदेश अस्पताल सुर्खेतमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने

सुर्खेत –   कर्णाली प्रदेश अस्पताल सुर्खेतले आफ्ना सेवाहरुलाई सुधार गर्दै लगेको छ । पछिल्लो पटक अस्पतालले सेवाग्राहीको चाप बढेपछि नाम दर्ता अनलाइनबाटै सुरु गरेको हो ।

अनलाइन सेवाअनुसार कुनै पनि विरामीहरु वा सेवाग्राहीले नाम दर्ताका लागि बिहानै ९ बजे नै अस्पताल पुग्न नपर्ने अस्पताललका निर्देशक प्रा.डा. डाक्टर डम्बर खड्काले बताउनुभएको छ  ।

त्यसका लागि अस्पतालको वेबसाईटमा जानुपर्छ । तर तपाइँ पनि अनलाइनमार्फत नाम दर्ता गर्न सक्नुहुन्छ',उहाँले भन्नुभयो, 'सेवाग्राहीले चेकजाँच गर्न चाहेको डाक्टर, मिति र विहान ७, ८ र ९ बजेको समय तालिका देखाउँछ । यी मध्ये समयमा क्लिक गरेपछि प्रोसेस टू बुक भन्नेमा क्लीक गर्नुपर्दछ । यो प्रक्रिया पूरा भएपछि लगइन र बुक अप्वाइमेन्ट देखाउँछ ।'

 यहाँ पुग्दा बुक अप्वाइमेन्टमा क्लीक गरेपछि आफ्नो सबै विवरण भर्नुपर्ने हुन्छ, 'डाक्टर खड्काले भन्नुभयो , विवरण भरेपछि बुक भएको देखाउँछ । त्यहीँ बुक गरिएको स्क्रिन सट वा प्रिन्ट गरेर अस्पतालबाट विरामी पूर्जा लिन सकिने उहाँले बताउनुभयो ।

अनलाईनमार्फत नाम दर्ताको टिकट बिहान ८ बजेदेखि १२ बजेसम्म सेवाग्राहीले लिन सक्ने अस्पतालले जनाएको छ । अनलाइनबाट नाम दर्ता गरेका सेवाग्राहीका लागि अस्पतालको नाम दर्ता काउन्टर अर्थात् कोठा नम्बर १ बाट लिन सकिनेछ व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया