नारायण नगरपालिकामा तीन हप्तामै नयाँ कार्यकारी

नयाँ कार्यकारी आचार्य कार्यालय पुग्दा हाजिरी रजिष्टर फेला नपरेपछि टेबुलको घर्रा फुटाएर हाजिर पाना तयार गर्नुभएको थियो ।

नारायण नगरपालिकामा तीन हप्तामै नयाँ कार्यकारी
सुन्नुहोस्

दैलेख – नारायण नगरपालिकाका जनप्रतिनिधिले आफू अनुकूल खोजेर ल्याएको प्रमुख प्रशासकीय अधिकृत पदमा तीन हप्तामा संघीय मामिला तथा सामान्य मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । रस्साकसीबीच नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनभएकाे छ । 

दुई वर्ष वर्षदेखि जिम्मेवारी रहेका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले अटेरी गरेका भन्दै एमाले निकट नेपाल निजामति कर्मचारी संगठनको सिफारिसमा नगर प्रमुख लोमन शर्माले ल्याएका बमहादुर केसी हाजिर भएको तीन सातामै मन्त्रालयले पठाएका दिपककुमार आचार्य बिहीबार कार्यालयमा हाजिर हुनुभयो । 

मंसिर १२ गतेको मन्त्रालयको पत्र अनुसार नगरपालिकामा कामकाज थालेका शाखा अधिकृत केसीको ठाउँ उपसचिवको दरबन्दी भएकोले नारायण नगरपालिकामा आफू आउन इच्छा जनाएपछि आचार्यलाई मन्त्रालयले खटाएको हो । 

मंसिर २९ गते मन्त्रालयले उपसचिव आचार्यलाई खटाएको पत्र नगरपालिका पुगेपछि पुस ३ गते नगर प्रमुख शर्माले ‘गलत आचारण भएका व्यक्ति’लाई हाजिर गराउन नसकिने भनी मन्त्रालयलाई पत्र लेखेपछि आफू हाजिर भएरै छाड्छु भन्ने अठोटका साथ आएको आचार्यले टिप्पणी गर्नुभयो । 

प्रमुख प्रशासकीय अधिकृत आचार्य हाजिर हुन आउने दृढता लिएको जानकारी पाएपछि रोक्न परिवारजनको सहयोग याचना गर्न नगर प्रमुख शर्मा सुर्खेतस्थित उहाँको घरमा पुग्नुभएको जानकारीमा आएको छ । जिल्ला सदरमुकाममै रहनुभएकी उपप्रमुख तप्ताकुमारी थापाले पनि बिहीबार कार्यालय आउनुभएन । 

बुधबारसम्म कार्यालयमा रहनुभएका प्रमुख प्रशासकीय अधिकृत केसी बिहीबार सदरमुकाम नारायण नगरपालिकासंगै सिमाना जोडिएको महाबु गाउँपालिकास्थित आफ्नो घर जानुभएको थियो । आचार्य कार्यालय पुग्दा हाजिरी रजिष्टर फेला नपरेपछि टेबुलको घर्रा फुटाएर हाजिर पाना तयार गर्नुभएको थियो । 

प्रतिक्रिया